खुला फुटबल प्रतियोगिता हुने

दाङ । दाङ तुलसीपुर ८ को गैरिचौरमा खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालन गरिन लागेको प्रतियोगिता यहि भदौ १७ गतेदेखि सुरु हुुनेछ ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्मा ले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै तुलसिपुर ८ मा अबस्थित गैरिचौर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ !

प्रतियोगिता को बिजेता टिम ले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल,प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्याल ले जानकारी दिनु भएको छ !

यसैविच आयोजक ले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ! उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएत का पक्षमा तिब्रता दिएको छ !

प्रतिक्रिया दिनुहोस