काठमाडौं । नकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबार एक कार्यक्रममा बोल्दै दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि धकेलेर पछि हटेको बताएका थिए ।
यस पछि नेकपा एमाले उपाध्यक्ष भीम रावलले नेपाललाई जवाफ दिएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जवाफ दिएका हुन् ।
जवाफमा नेता रावलले अध्यक्ष नेपाललाई कोही कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने, पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने भन्दै टिप्पणी गरेका छन् । उनले नेता नेपालले जिम्मेवारी बोध नगरेको भन्दै द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति भएपनि सहमति भएपछि एक हुनुपर्ने बताएका छन् ।
एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका राववले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।
नेता नेपालले दोस्रो तहका भनिने नेताहरू आफ्नो पार्टीमा आए आफू अध्यक्ष छोड्न तयार रहेको समेत बताएका थिए ।