काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गरेका छन् ।
भट्टराईले आफैँसँग पार्टीमा भएकालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै नेपालमाथि कटाक्ष गरेका हुन् ।
‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए ।
उनले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
उनले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाए ।