काठमाडौं । नेपालमा ४० लाख ५२ हजार जनाले कोरोना खोपको पूर्ण मात्रा लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हिजोसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको छ । त्यसै गरी ५० लाख बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
नेपालमा अक्सफर्ड–आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ ।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड–आस्ट्राजेनेका र भेरोसेलको दुई मात्रा लगाउनुपर्छ ।
पूर्ण मात्रामा कोभिड खोप लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
संक्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने चिकित्सकको भनाई छ ।