भुकम्पको त्रासमा अफगानिस्तान

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।

अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा हिजो भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस