बाँकेको नेपालगन्ज २० राँझा क्षेत्रका गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत पक्राउ परेका छन् ।उनीसहितको १०/१२ जनाको समूहले गत साउन २४ गते राती २ बजेको समयमा सोही वडाको नयाँ बस्ती थपुवाका दुई जनामाथि ज्यान मार्ने योजनाले आक्रमण गरेका थिए ।
उक्त ज्यान मार्ने अभियोगमा समुहका गुण्डा नाईकेबसन्त रावत (सन्ते)सहित उनका सहयोगीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
उनीसहितको समुहले नयाँ बस्ती थपुवाका टेक बहादुर विक पुरन बिकलाई उनकै निजि निवासमा प्रवेश गरि लतार्दै घर बाहिर निकालेर शरिरका विभिन्न भागमा धारिलो हतियार मासु काट्न प्रयोग हुने खुडा, खुकुरी ,भान्सामा प्रयोग हुने चक्कु, तरवार,भाला, प्रहार गरेर मरासन्न हुने गरि झाडिमा फालेर भागेका थिए ।
सोही गुन्डा समूहले नै नजिकै बस्ने गिता रोकाको घरको ढोका तोडफोड गरि सुनका गरगहना ,पैसा,तथा अन्य जिन्सी सामानहरु समेत लुटपाट गरेका थिए ।
उक्त घटना भए लगत्तै कोहलपुर प्रहरीले उक्त समूहका चार जनालाई पक्राउ गरिसकेको थियो भने घटनाका मुख्य नाइके वसन्त रावत ( सन्ते) सहित अन्य फरार रहेकोमा तीन जनालाई पनि कोहलपुरबाट खटिएको प्रहरीले सुर्खेत जिल्ला कोलेडाँडामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो
उनिहरु पेसागत रुपमा अपराधीक क्रियाकलापमा लागेको र आफुलाई टोल छिमेकमा आअफ्नो समुहलाई दादाको रुपमा परिचित गराउने र डर धम्की दिने लुटपाट गर्ने ज्यान मार्न सम्म पछि नपर्ने कार्य गर्ने गरेको प्रहरीको अनुसन्धान बाट खुलेको डिएसपी खनाल ले बताए ।
पक्राउ पर्नेमा नेपालगञ्ज २० का गुण्डा नाईके २५ वर्षीय (सन्ते)भनिने बसन्त रावत, सोही ठाउँका २० वर्षीय प्रकाश बुढा र २५ वर्षीय चक्र बहादुर रावत रहेका छन् ।