चोरी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ

चोरी गर्ने गिरोहको एक समुहलाई चोरी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन । कोहलपुर बसपार्क नजिकैबाट मोटरसाईकल चोरी गरेर लैजादै गर्दा उनिहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसक्षेत्रमा केही युवाहरु मध्य रातिको समयमा शंकास्पद गतिविधि गरीरहेको सुचना पाएपछि प्रहरीले कडा निगरानी गर्दै कोहलपुर बसपार्क पछाडी पूर्वतर्फको सडकबाट मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा तीन युवाहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्ने युवाहरु रुकुम जिल्लाका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ बस्ने अमर बिक , सुन्दर मल्ल र अनुप चन्दको समूह मोटरसाईकल चोरी गरीरहेको अवस्थामा पक्राउपरेका हुन ।

उनिहरुको साथबाट भे३प ६००५ नम्बरको डिस्कभर कालो निलो रंगको मोटरसाइकल सहित एनएस. पल्सर मोटरसाइकलको निलोरंगको हेडलाइट १ थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्यांकी कभर १ थान, मोटरसाईकलको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रु ड्राइभर र रेञ्ची एक/एक थान, मोटरसाइकल स्टिकर ७ थान, मोवाइल सेट ३ थान र १३ चक्की नाइट्रोभ्याट भन्ने आगु औषध पनि उनिहरुबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । पक्राउ परेकोव्यक्तिमध्ये एक जना रुकुमकै एक मोटरसाइकल वर्कसपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केही दिन एता दिनानुदिन मोटरसाइकल चोरी बढे संगै कोहलपुर प्रहरीलाई हैरानी खेप्नुपरेको थियो समुदाय स्थरबाट निकै गुनासो आउन थालेपछी कोहलपुर प्रहरी टाउको दुखाईको बिषय बनेको थियो | जन गुनासो संगै प्रहरी आफैमा पनि चुनौतीको बाबजुद कडा निगरानी गरेर अगाडि बढेको केही दिनमै चोरी गर्ने गिरोह लाई समात्न कोहलपुर प्रहरी सफल भएको हो|

प्रहरीले बिहिबार विहान ८ बजेतिर हराईरहेको मोटरसाइकलको हुलिया सहित खोजीकालागि निवेदन दिए मोटरसाइकल धनी चन्द्र बहादुर गिरीलाई उक्त मोटरसाईकल बुझाएको जनाएको छ ।

केही समययता कोहलपुर क्षेत्रबाट श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी हुने क्रम व्यापक रुपमा बढेपछि कोहलपुर प्रहरीको चिन्ताको बिषय बनेको थियो भने वितेको ६ महिनामा कोहलपुर क्षेत्रबाट मात्रै ३७ वटा मोटरसाइकल चोरी भैइसकेका छ्न |

प्रतिक्रिया दिनुहोस