तुलसीपुर उद्योग बणिज्य संघले बिभिन्न क्षेत्रको समन्वयमा आफ्ना दुई हजार बढि ब्यबसायिहरुलाई कोरोना बिरुद्दको खोप लगाई सकेको बताएको छ ।
बाणिज्य सघंले भदौ अन्तिम र अशोज पहिलो साता सम्म सबै उधोग,प्रतिष्ठान र आम ब्यबसायिहरुलाई खोप लगाई सक्ने गरि आन्तरिक तयारि थालेको छ।
पहिलो चरणमा फ्रण्टलाईनमा रहेका ब्यबसायिहरुलाई आबश्यकताको आधारमा खोप लगाउने कार्यक्रम सकिएको र अबको केहि दिनमा दोस्रो चरणको खोप कार्यक्रम सुरुहुने बाणिज्य सघंका महासचिब बिनिल केसिले जानकारि दिनुभयो ।
यसैबिच तुलसीपुरका ब्युटिसियन ,नाई सघं,पेट्रोलियम यशोसियसन,डिपार्टमेण्टल स्टोरका कर्मचारि र यातायात ब्यबसायिहरुलाई उधोग बाणिज्य सघंको समन्वयमा खोप उपलब्ध गराई दैनिक उपभोग्यका पसलहरु खुल्ला गर्न सहयोग पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारि रामबहादुर कुरुम्बाङ्ग ,तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा र जिल्ला जनस्वास्थ्य कार्यालयलाई धन्यबाद ज्ञापन गरिएको छ ।
यता तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले आफ्ना करिब पाच हजार ब्यबसायिहरुलाई कोरोनाको खोप लगाउने अभियानमा आफु रहेको बताउनुभयो ।
उहाले भन्नुभयो”हामि सबैको समन्वयमा सबै ब्यबसायिहरुलाई कोरोनाको बिरुद्दको खोप लगाएरै छाडछौ प्राथमिकताको आधारमा केहिदिन ढिलो चाडो होला तर सबैको पालो आउछ ।लगत सकंलन कार्य अन्तिम चरणमा पुगेको भन्दै अध्यक्ष चालिसेले उधोग बाणिज्य सघंको सदस्ता भएका ब्यबसायिहरुलाई प्राथमिकतामा राखेर सिफारिस गर्ने गरेको बताउनुभयो ।
उहाका अनुसार सघंमा दर्ता भएका सबै ब्यबसायिहरु र ब्यबसायिका सहयोगिलाई समेत खोप लगाउन बिभिन्न निकाय सगॅ समन्वय र सहकार्य भैरहेको समेत जानकारि दिनुभयो ।