दुईहजार ब्यबसायिहरु सबैलाई खोप लगाउन पहल गर्छु :अध्यक्ष चालिसे

तुलसीपुर उद्योग बणिज्य संघको समन्वयमा आफ्ना ब्यबसायिहरुलाई कोरोना खोप उपलब्ध गराउन निरन्तर पहल गरिरहेको जानकारि दिएको छ ।
फ्रण्टलाईनमा रहेका ब्यबसायिहरुलाई आबश्यकताको आधारमा खोप लगाउने कार्यक्रम जारि रहेको महासचिब बिनिल केसिले जानकारि दिनुभयो ।
यसैबिच तुलसीपुरका ब्युटिसियन र नाई सघंलाई सरल रुपमा खोप उपलब्ध गराई पसलहरु खुल्ला गर्न भन्दै आज ब्यबसायिहरुको एन्टिजेन परिक्षण गरिएको कोरोना फोकल पर्सन बिमल केसिले जानकारि दिनुभयो ।उहाका अनुसार अनद स्पट एन्टिजेन बिधिबाट कोरोना प्रशिक्षण कार्यक्रम केहिदिन जारि रहने छ ।
यता तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले आफ्ना करिब दुईहजार ब्यबसायिहरुलाई कोरोनाको खोप लगाउने अभियानमा रहेको बताउनुभयो ।
उहाले भन्नुभयो”हामि सबैको समन्वसमा सबै ब्यबसायिहरुलाई कोरोनाको खोप लगाएरै छाडने बताउनुभयो”।

प्रतिक्रिया दिनुहोस