ग्राजिया भिआइ सिक्स स्कुटी बजारमा

होन्डा कम्पनीले जगवको माइलेज, गजवको पिकअप क्षमताको ग्राजिया भिआइ सिक्स स्कुटी बजारमा ल्याएको छ । अम्विकेश्वरी अटोमार्ट तुलसीपुरले होण्डा कम्पनीले भर्खरै मात्र उत्पादन गरेको सो ब्रान्डको स्कुटी एक औपचारीक कार्यक्रमको आयोजना गरी बजारमा लन्च गरेको हो ।

होन्डाको आधिकारीक विक्रेता तुलसीपुर स्थीत अम्विकेश्वरी अटोमार्ट प्रालिका प्रोपाइटर दिपेश भण्डारीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसेको प्रमुख आतिथ्यमा एक औपचारीक कार्यक्रम सहित सो ब्रान्डको स्कुटी तुलसीपुरमा लन्च गरीएको हो । अत्याधुनिक प्रविधिको इन्जिन भएको सो स्कुटिको माइलेज ५५ किलोमिटर प्रतिघण्टा रहेको सन्चालक दिपेशले जानकारी दिएका छन् । त्यसैगरी सो स्कुटीको पिकप समेत उच्च रहेको बताउंदै यसका संपुर्ण स्पेयरपार्टसहरु पनि तुलसीपुरकै होन्डा शो रुममै उपलव्ध हुने पनि बताइएको छ ।

‘विग्रिएको वेला मर्मत सहित संपुर्ण स्पेयर सामाग्रिहरु पनि तुलसीपुरमै उपलव्ध हुने छन्’, लन्चका अवसरमा सन्चालक भण्डारीले भने, उपभोक्ताहरुको हितलाइ ध्यानमा राखेर लन्चको केहि समय ४ हजार ५ सय रुपैया छुट गरिएको । साथै सो स्कुटिको सिंगल स्ट्याण्ड लागिरहेको अवस्थामा स्टार्ट समेत नहुने गरी सेन्सर जडान भएकाले दुर्घटनाको संभावना पनि अत्यन्तै न्युन रहेको बताइएको छ । सेल्फ तथा किक स्टार्ट समेत उपलव्ध सो स्कुटीको इन्धन क्षमता साढे पांच लिटर रहेको बताइएको छ । सो स्कुटीको बजार मुल्य २ लाख ६९ हजार ९ सय रुपैया रहेको अम्विकेश्वरी अटो मार्ट प्रालिले जनाएको छ ।

उद्घाटनका क्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसे, पुर्व अध्यक्ष विमल रिजाल, सल्लाहकार अनुप कुमार श्रेष्ठ, उपाध्यक्ष द्धय ललितजंघ शाह र मीनराज भण्डारी, महासचिव विनिल केसी, कोषाध्यक्ष देव वहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लन्च कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस