आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पुय्याउने

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका सञ्चालीत आँखा अस्पतालहरुले दिदै आएका सेवाहरुलाई जनस्तर सम्म पु¥याइने बताएको छ । लमही आँखा अस्पतालले लमहीमा पत्रकार भेटघाट गरि हाल दिदै आएको सेवालाई थप गर्दै गुणस्तरीय आँखा उपचार सेवा घर दैलोमै पु¥याउने जानकारी दिएको हो । कार्यक्रममा हाल दिदै आएको सेवालाई थप गर्ने र विभिन्न स्थानमा आँखा अस्पतालले आँखा उपचार सेवाको पहुँच लाई घरदैलोमा पु¥याउने उद्धेश्यले घरदैलो सशुल्क नगर स्वास्थ्य क्लिनीक सञ्चालन गर्ने प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभएको थियो । त्यस्तै अस्पतालहरु अव देखि विहान साढे ८ बजे देखि सेवा सुरु हुने छ भने सनिवार पनि अन्य दिन जस्तै प्रिमीयम क्लिनीक सञ्चालन हुने छ । अवसातै दिन आँखा अस्पतालमा सवै सेवाहरु दिइनेछ । त्यसका लागि अव विरामीहरुले फोनबाट पनि नाम लेखाउन सक्ने छन् । त्यस्तै अस्पतालहरुले मोवाइल एफ प्रिमियम सेवाको तयारी गरेको छ । त्यस्तै परामर्श सेवा सञ्चालन गरेको लमही आँखा अस्पतालले घरदैलो सशुल्क नगर स्वास्थ्य क्लिनीक अन्तर्गत पहिलो शनिवार भालुवाङ, दास्रो शनिवार, अमिलिया र तेस्रो शनिवार गढवामा सेवा दिने बताएको छ । अन्य अस्पतालहरुले पनि यसको तयारी गरेका छन् ।
विशषेज्ञ सेवा अन्तर्गत नियमित अकुलोप्लाष्टि सेवा, महिनाका दुई दिन (रेटिना र कोरनिया क्लिनिक) सञ्चालन हुने छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य दाङका सभापति कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले अस्पतालहरुले दिदै आएको सेवालाई थप व्यवस्थापन गर्दै अन्य विशेषज्ञ सेवाहरु दिने तयारी गरेको बताउनुभयो । उहाँले आँखा स्वास्थ्य सेवालाई घरदैलोमा पु¥याउन आफुहरुले विभिन्न योजना अगाडी सारेको बताउनुभयो । ‘सवै सेवा यहाँका अस्पतालहरुबाट दिने तयारीका साथ हामीहरु लागेको छौं, अव कोहि कसैले पनि आँखा उपचार सेवाका लागि अनेत्र जानुपर्ने छैन् –गिरीले भनुभयो । ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेनुभएका गिरीले गुणस्तरीय विशेषज्ञ सेवाका साथै आफुहरुले तिन वटा अस्पताललाई सुविधा सम्पन्न गराउन लागेको बताउनुभयो । ‘हामीहरु कसरी घरआगनै सवै सेवा दिने भन्नेमा लागेका छौं यसमा सवैको साथ र सहयोग रहने छ , –गिरीले भनुभयो । साथै समय अभावका कारण कोहि कसैले पनि सेवा पाउन बाट बन्चीत नहोस भनेर प्रिमियम सेवा (फास्ट ट्याक) सेवा समेत सञ्चालन गरेको गिरीले बतानुभयो । त्यस्तै नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशका कोषाध्यक्ष लिला शाहले लुम्विनी प्रदेशकै उत्कृष्ट आँखा स्वास्थ्य सेवा दिने अस्पतालहरु बनाउन लागेको भन्दै सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । संघका उपभापति रेशमबहादुर खड्का, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यलगायले आँखा अस्पतालहरुको भौतिक विकास संगै विशेषज्ञसेवाहरु सञ्चालन भएको भन्दै सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले विशेषज्ञ सेवालाई थपगदै अस्पतालहरुलाई सुविधा सम्पन्न गराउदै लैजाने योजना अनुसार आफुहरुले गुणस्तरी सेवा दिएको बताउनुभयो । कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा मेडिकल डाइरेक्टर डा. सुन्तोष सुवेदीले रेटिना र कनियाको विशेषज्ञ सेवाको वारेमा जानकारी दिदै अव रेटिना र कनियाको सेवा पनि सवै अस्पतालमा सुचारु भएको बताउनुभयो । त्यस्तै डा. ऐरिक बैद्यले अकुलोप्लाष्टि सेवा सञ्चालन र यहाँ दिने उपचार सेवाको वारेमा जानकारी गराउनुभएको थियो । सवै विशेषज्ञ डाक्टरहरुले त्यसको अध्ययन पुरा गरि आएको र अव सवै किसिमका उपचार सेवाहरु यहाँ सञ्चालन हुने छन् । ‘अव सानो कुराका लागि पनि बाहिर जानुपर्ने छैन् यहि परामर्श र उपचार सेवा दिनेमा लागेको छौं –विशेषज्ञहरुले भने । ’ सो अवसरमा लमही आँखा अस्पतालमा महिनाका दुई दिन (रेटिना र कोरनिया क्लिनिकको सञ्चालन, नियमित अकुलोप्लाष्टि सेवाको रिवन काटेर नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरी, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल र डा. सन्तोष सुवेदीले सुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा संघका सचिव अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्रबहादुर खड्का, सह–सचिव राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवि रिजाल, संघका जिल्ला सदस्यहरु तिलकबहादुर केसी, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, छन्द कालेवावु नारायाणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्मा,  जिल्ला सदस्य शेषमणणि गाैतम लगायत विभिन्न सरोकारवालहरुको सहाभागीतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस