प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फोर ल्यान सडक, क्रसर उद्योग र ट्रिपरको विषयमा उल्झीएका समस्याहरु केहि समयमै समाधान हुने बताएका छन् ।
रिपोर्टर्स क्लव दाङमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस क्षेत्रमा सञ्चालन भएका सिमेन्ट उद्योगमा प्रयोग भएका ट्रिपरहरुले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इमान्दारिता नअपनाउदा समस्या आएको बताए । उनले मापदण्डी विपरीत सञ्चालन भएका ट्रिपरहरु लाई जरिमाना लियर पहिलो पटक छोडेको भन्दै अव जरिमाना नभई मापदण्ड विपरीत सञ्चालन भएको पाइएमा चालक र सहचालकलाई मुद्धा चलाउने बताए । ‘हामीहरुले हिजोमात्र ट्रिपरहरुलाई होलडिङ गरेर मापदण्ड अनुसार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, अव नियम नमानेलाई जरिमाना होइन कानुनि कारवाहि गर्ने छौं –उनले भने । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्लाको गौरवको आयोजना फोरल्यान सडकको विषयमा धेरै कुरा उठेको भन्दै त्यो आयोजनाको काम सञ्चालन हुने बताए । ‘सरकारले नीति निर्माण गर्नेहो सरकारको नीतिलाई हामीहरुले कायान्वयन गर्नेहो ,सञ्चालन भएका योजनाहरुलाई समयमै सक्न हाम्रो पहल हुने छ उनले भने । ’ उनले सम्वन्धीत कम्पनी र निर्माणको जिम्मा पाएको कम्पनी संग समन्वय भई रहेको भन्दै त्यसले आफनो पाला सम्म पूर्णता पाउने बताए । ‘हामीहरुले आयोजना सञ्चालन गर्न केके समस्या छन् भन्ने बारेमा बुझेका छौं, अव छिटै निर्माणको काम अगाडी बढने छ उनले भने । उनले पत्रेखोलाको कचवयको उधारण दिदै सामान्य कामपनि एक अर्को सम्वन्धीत कार्यालयको समन्वय नहुँदा समस्या सामाधान हुन नसकेको बताए । प्रमुख जिल्ला अधिकारीले सम्वन्धीत निकायले पनि त्यस तर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै दाङमा सञ्चालन भएका क्रसर उद्योगहरुको विषमा पनि धेरै कुराहरु उठेको भन्दै यसको विषमा पनि छलफल गरि अगाडी बढने बताए ।
उनले जिल्लामा सञ्चाल भएका अधिकाम्स क्रसर उद्योगहरु नियम विपरीत सञ्चालन भएको भन्ने कुरा उठेको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । ‘दाङमा क्रसर उद्योगहरु नियम अनुसार सञ्चालन भएका छैनन् भन्ने कुरा मैले पहिलेनै थापाएको हो, यसको पनि केहि समयमै के गर्ने भन्ने विषयमा टुङगो लाग्ने छ उनले भने । ‘केहि बाटोको छेउमा छन् केहि खोला नजिकै कुन स्थानमा कस्तो मापदण्ड हुने भन्ने एउटा अनुगमन समितिछ, त्यसले हेर्ने र अनुगमन गर्नेहो उनले भने ।
उनले तत्काल सञ्चालनमा रोक लगाउँदा विकास निर्माणमा समस्या हुने होकी भन्ने अवस्था भएको बताए । ‘यो राष्ट्रिय समस्याहो हामीहरुले त्यहि अनुसार यसलाई सामाधान गर्ने छौं, यसको पनि छिटै समस्या सामाधान हुन्छ –प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने । त्यस्तै उनले आफु जिल्लामा आएको १७ दिन भएको भन्दै राष्ट्रि सेवक कर्मचारीहरु शासक नभएर सेवक हुनुपर्ने बताए । उनले दाङको समृद्धि विकास सुसासन कायम गर्ने आफनो पहिलो जिम्मेवारी भएको बताए ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफु सेवकको रुपमा जनताको सेवा गर्ने र अन्य राष्ट्र सेवक कर्मचारीहरुलाई पनि लोपलालचमा नफसी निष्पक्ष काम गर्न आग्रह गरे । उनले आम नागरीकले कर्मचारीहरुले घुस खान्छन काम गदैन्न भन्ने अफपनि छाप परेको भन्दै त्यसको अन्य गर्ने बताए । ‘अझैपनि नागरीहरुमा गलत छाप परेको छ , कर्मचारीहरुलाई हेर्ने दृष्टीकोणमा त्यो अन्त्य गर्ने छु उनले भने ।’ पत्रकार भेटघाटमा पत्रकारहरु सेवा ग्राहीहरुको सहजकर्ताको रुपमा काम गरेको भन्दै पत्रकारहरुले पनि नागरीका समस्याहरु उजागर गर्नु पर्ने बताए । उनले आफुहरुले निष्ठा पूर्वकाम गर्ने भन्दै कहि कतै बाटो विरायमा पत्रकारहरुले खवरदारी गर्नु पर्ने बताए । ‘लोकतन्त्रमा सवैको सम्मान हुन्छ, पत्रकारहरुको पनि सम्मान हामीहरुले गर्नुपर्छ पत्रकारहरुले नागरीको समस्याहरु बाहिर ल्याउनुपर्छ उनले भने ।
’ उनले प्रेस स्वतन्त्रताको सम्मान आफुहरुले जहिले पनि गर्ने बताए । उनले कोरोनाको महामारिमा फष्ट लाइनमा खटिने सवैलाई खोप लगाउनमा आफुले पहल गर्ने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको भनाई थियो । त्यस्तै उनले तुलसीपुरमा वुधवार र लमहीमा शुक्रवार इलाका प्रशासनबाटै सेवा दिने बताए । उनले न्याय नपाएका नागरीकलाई न्याय दिने र जनताको समस्या सुनुका साथै अन्य कार्यालयको पनि काम कारवाहिको विषयमा जानकारी दिने बताए ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसेले सवैले न्योचित काम गर्नु पर्ने भन्दै सवै नियम कानुनमा रहेर व्यापार व्यवसायी सञ्चालन गर्नु पर्ने बताए । उनले नियम उल्घन गर्ने सवैलाई कानुनि दाहेरामा ल्याउनु पर्ने भन्दै सवैलाई गरिखान दिनुपर्ने बताए । कार्यक्रमा राष्ट्रिय समाचार समिति तुलसीपुरकी प्रमुख नारायणी रजौरे, पत्रकार सुनिल पोख्रेल लगायतले आफना भनाईहरु राखेका थिए ।
उनीहरुले प्रमुख जिल्ला अधिकारीको सक्रियता र कामप्रतिको निष्ठाको सवैले सम्मान गरेको भन्दै सधै आफुहरुको साथ रहने बताएका थिए । रिपोर्टर्स क्लव दाङका महासचिव विमल गौतमले सहजिकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, इलाका प्रसान कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर वुढा र टेलिभिजन पत्रकार संघका जिल्ला अध्यक्ष राजेश खत्रीलाई सम्मान तथा स्वागत गरिएको थियो ।