दक्षिण कोरिया । गैरआवाशीय नेपाली संघ दक्षिण कोरियाका निवर्तमान केन्द्रिय सदस्य अवधेस राज चौराशीयाले एनआरएन कोरियाको निर्वाचन समितीले उम्मेदवारी नाम खारेज गरे पश्चात् निर्वाचन समिति प्रती आपत्ति जनाउदै छानबिन गरी कडा कारबाही को माग गर्नु भएको छ ।
निर्वाचन आचारसंहिताको विपरीत हुन लागेको भन्दै उहाले निर्वाचन समिती प्रती असन्तुष्टि जनाउदै यस खालको प्रवृत्ती प्रती उहाले घोर भर्त्सना समेत गर्नु भएको छ ।
आठौं अधिवेशन गर्ने क्रममा विधिविधान, नीति ,कानुन भन्दा बाहिर गएर पक्षपात एव एकलौटी ढंगले लाद्न खोजेको साथै संस्थामा स्थापनाकालदेखि नै एनआरएनए दक्षिण कोरियाको अभियानसँग जोडिएका व्यक्तिहरूलाई उपेक्षा गरि एकतर्फी ढङ्गबाट भए आफ्नो मान्छे नभए कोइ हुनुहुदैन भन्ने जसरी अगाडि बढेको र उक्त कार्यले एनआरएनए अभियान लाई गम्भीर घात पुगेको उहाँको तर्क छ ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आठौ अधिवेशन संपन्न जुलाई ४ मा भएको र अधिवेशनको अन्तसंगै ज्ञानेन्द्र प्रसाद जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरीएको थियो । प्रारम्भ देखी नै निर्वाचन समितिको काम प्रति नेपाली समुदायले व्यापक बिराेध तथा आलोचना गरेका थिए । सातौ कार्यसमिती को नेतृत्वकाे प्रति कोरिया बाशी नेपाली को कडा आलोचना हुँदै आएको छ ।
अवधेसले एनआरएनए कोरियाका कमजोरीहरुलाई बुँदागत रुपमा यसरी उल्लेख गर्नुभएको छ ।
१)पंजिकृत सदस्यताको अन्तिम नामावली प्रकाशन नगरी निर्वाचन प्रक्रिया सुरु गरिएको।
२)उम्मेदवारको योग्यता र अयोग्यता मनोमानी तरिकाबाट छानबिन गरेको ,उम्मेदवारलाई व्यक्तिगत रुपले सम्पर्क गरी उम्मेदवारी फिर्ता गर्न दबाब दिएको |
३) अधिबेशन जुलाई ४/० मा सम्पन्न भएता पनि आजसम्म जुलाई १२ पनि सदस्यता प्रमानित गरीराखेको।
४) निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरी राख्दा पंजिकृत सदस्यको व्यक्तिगत विवरण पत्रकार महासंघ को पेज बाट बाहिरिएको ।
५) उम्मेदवारको अयोग्यता लाई लिएर गरिएको दावी/ विरोधको विषय (कसले कसलाई दावी विरोध गर्यो) निर्वाचन समितिले बाहिर नै छताछुल्ल बाहिर जानकारी गरिदिएको।
६) एउटै भिसामा एकै पदका लागि दिएको उम्मेदवारी स्वीकृत र अर्को अस्वीकृत गरिएको छ जुन अव्यवहारिक र एकपक्षिय छ ।
७)समाबेशिताको अधारमा न त कुनै क्षेत्र र समुदाइ लाइ नसमेटिएको । एक्लौटि रुपमा लगेको देखिएको।तराई मुल को हुदा यो NRNA मा बस्ने अधिकार नै नभए जस्तो गरि बन्चित गरेको ।