लायन्स क्लब अफ दाङ टिचर्स द्वारा बृक्षारोपन

यस क्षेत्रको सबैभन्दा पुरानो क्लब ,लायन्स क्लब अफ दाङको भवन परिसरमा सनिबार एक कार्यक्रमका बिच लायन्स क्लब अफ दाङ टिचर्सले बिभिन्न ८ प्रजातिका बिरुवाहरु रोपेको छ ।
आप,मसला,कपुर,धुपि सल्लो,खयर,निम लगायतका बिरुवाहरु रोपिएको अध्यक्ष ठाकुर डागिंले जानकारि दिनुभयो ।
रुख रोपौ बाताबरण संरक्षण गरौ भन्ने उदेश्यका साथ दोस्रोपटक सो स्थानमा बृक्षारोपन गरिएको हो ।
लायन्स क्लब डिष्ट्रिक ३२५ बिटुका एक्जुकेटिभ चिफ एमजे एफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा ५ नम्बर एरिया चिफ टेकन प्रसाद कडेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले कोभिड महामारिको समयमा पनि गाउ गाउमा लायन्स क्लबहरुले सेवा गर्न तत्पर भएको भन्दै प्रशसा ब्यक्त गरेका थिय ।
उनिहरुले सामाजिक सेवामा अग्रणि भुमिका खेल्दै आएको लायन्स क्लब बिपदको समयमा समेत दुरदराज सम्म पुगेर सहयोग गर्दै आएको बताएका छन ।
सो अबसरमा लायन्स क्लब अफ दाङका अध्यक्ष गणेश अधिकारि,निबर्तमान अध्यक्ष सुरेश हमाल लगायतकाले बोल्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण क्लबका सचिब छबिकुमार वलिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस