जिल्लामा तीन वर्षको अवधीका ३ हजार हेक्टर जमिनमा सिचाई

जिल्लाको ५६ हजार हेक्टर जमिनलाई सिचाई पु¥याउने उदेश्यले ४ वर्ष अघि दाङमा स्थापना भएको बृहत दाङ सिचाई आयोजनाले जिल्लामा तीन वर्षको अवधीका ३ हजार हेक्टर जमिनमा सिचाई सुविधा थप गरेको छ ।
आयोजनाले निर्माण गरेका संरचनाबाट अहिलेसम्म जिल्लाको तीन हजार हेक्टर जनिमलाई बाह्रै मासे सिचाई सुविधा पु¥याई सकेको आयोजनाले जनाएको छ । यसका लागि जलासय, नहर, कुलो, लिफ्ट सिचाई लगायतका योजनाहरु निर्माण गरिएको छ ।
१० वर्षको कार्ययोजना सहित स्थापना भएको आयोजनाका लागि ४० अर्व रुपैया खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोजना राजु प्रमुख आचार्यका अनुसार परियोजनाले ५ वडा पक्षमा रहेर काम अघि बढाएको छ । पाँच प्रकृतिका योजनाहरु निर्माण सम्पन्न गर्दै सिचित क्षेत्र बढाइरहेको आचार्यको भनाई छ । डाइभर्सन, पानी संकलनका लागि जलासय ड्यामहरु निर्माण, बबई करिडोर लिप्ट सिचाई योजना, पुराना सिचाई योजनाको आधुनिकिकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसंग जोडिएका योजनाहरु निर्माण गरिरहेको छ ।
बृहत दाङ सिचाई आयोजना अन्तरगत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलासय निर्माण भइसकेका छन ।३० वटा प्रक्रियामा छन । १२ वटा लिप्ट सिचाई योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरु गरिराखिएको छ । तीन वर्षकोे अवधीमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर तीन हजार हेक्टर जमिनमा वर्ष भरिको सिचाईको व्यवस्थापन गरिएको आचार्यले बताए । उनले अर्काे वर्ष जलासयहरु पुरा हुने हुदा १४ वटै जलासयले सिचाई सुविधा दिने र सिचित क्षेत्रफल बढने बताए ।
प्रमुख आचार्यका अनुसार कार्यालयले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरि शारदा डाइभर्सनको पूर्व सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ । ग्वारखोला उच्च बाँधको पूर्व सम्भाब्यता अध्ययन सम्पन्न र विस्तृत इन्जीनियरिङको सुरुवात गरेको, माडी दाङ डाइभर्शन सम्बन्धित अध्ययन भइरहेको छ । उरहरी जसपुरर डुरुवा सिचाई प्रणाली निर्माण कार्य सुरु, दाङ उपत्यकाको कृतिम जलासयहरुको मास्टर प्लान तयार गरेको, २५ वडा डीप ट्युवेलको निर्माण कार्य अन्तिम चरणमा रहेको, १७ वटा प्रक्रियामा रहेको, चौध वटा माटोको कृतिम जलासय निर्माण, ३० वटा जलासय निर्माणको लागि पहचिान, बबई करिडोर अन्तरगत विभिन्न २६ वटा लिप्ट सिचाई निर्माण र किसाना व्यबस्थित सतह सिचाई प्रणाली अन्तरगत ३० किमि नहरको पुनस्थापन तथा सुधार गरिएको प्रमुख आचार्यले बताए ।
आयोजना मार्फत निर्माण भएका जलासय र लिप्ट सिचाई योजनाबाट खुख्खा ठाउँहरुमा सिचाईको व्यवस्था भएको र बाह्रै मास सिचाईको व्यवस्थापन हुन थाले पछि अन्नबालीका साथै नगदे बाली, व्यवसायीक तरकारी खेती गरिरहेको उपभोक्ताहरुले बताएका छन । पहिल वर्ष भरी एक बाली मात्रै लाग्ने वारीमा यो वर्षदेखि बाहै्र मास सिचाई सुविधा भएको स्थानीय होताराम खत्रीले बताए । तुलसीपुर उपमहानगरपालिका १४ भोजपुरमा सुरु भएको सोलार सिस्टम लिफप्ट सिचाई योजनाले किसानहरुलाई वर्षमा तीन बालीसम्म उत्पादन गर्ने गराएको खत्रीको भनाई छ । नदीको छेउमा भए पनि सिचाईको ठूलो समस्या थियो, खत्रीले भने, लिप्ट सिचाई भए पछि, दुई वाली मकै, धान गहू लगाउने गरेको र व्यवसायीक रुपमा बेमौसमी तरकारी समेत उत्पादन भइरहेको बताए । घोराही ४की रिखा घर्तीले गाउँमा जलासय निर्माण हुदा सिचाईको दुख टरेको सुनाइन । उनले पहिले आकाशे पानीबाट मात्रै सिचाई हुने गरेको भन्दै अहिले जलासय बन्दा वर्षभरि सिचाई युक्र जमिन भएको बताइन । अहिले वर्षमा मुस्किलले दुई बाली लाग्ने जग्गामा जलासयले सिचाई भए पछि जे फलाउन पनि सकिने बताइन । योजनाले हामीलाई धेरै खुसी बनाएको छ, उनले भनिन, । दुधरासका विष्णु प्रसाद खुलालले जलासयले सुख्खा बाँझोलाई सिचाई गरेको बताए । उनले अब स्थानीयले पनि सिचाईको सहि उपयोग बनाएर जाने समेत बताए । योजना निर्माणका केहि नीतिगत समस्या रहेको र राज्यले गौरवको आयोजनाको रुपमा महत्व नदिदा काममा समस्या परेको प्रमुख आर्चाले बताए ।
यसै बीच आयोजनाबाट निर्माण भएका र निर्मानाधिन अवस्थामा आयोजनाको अनुगमन गरिएको छ । जिल्लाका सञ्चारकर्मीहरुको सहभागितामा जलासय, लिप्ट सिचाई, नहर, ट्याकी लगायतकाको अनुगमन गरिएको छ । कार्यलय प्रमुख राजु आचार्यको नेतृत्वमा अनुगमन गरिएको कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस