तुलसीपुर नगरसभाद्धारा बजेट तथा कार्यक्रम पारित

आर्थिक बर्ष २०७८-७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयँको बजेट प्रस्तुत गरेको थियो ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगरसभामा उप प्रमुख माया शर्माले बजेट पारितका लागि प्रस्ताव नगरसभामा प्रस्ताव राख्नु भएको थियो । त्यसैगरी आर्थिक, विधयक, विनियोजित विधयक सर्वसहमतिले पारित गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । बजेट र विधयक पारित भएपछि अब कार्यान्वयनको चरणमा जाने भएको छ ।
त्यसैगरी बर्षात र कोरोनाको विपतीमा जुट्नका लागि संकल्प पारित गर्दै नगरवासी, सामाजिक संघसंस्थाहरु, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर, चेम्बर, सुरक्षा निकाय सबैमा अनुरोध गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी लालपुर्ज वितरणका लागि भूमि व्यवस्थापनका लागि वडामा थन्किएका फाईलको तत्काल अध्यन गरेर प्रकया अघि बढाउने निर्णय समेत गरिएको छ ।
नगरसभामा आर्थिक समितिका संयोजक माधव वलीले आर्थिक विधेयक, लेखा समितिका संयोजक राजु आचार्यले विनियोजन विधेयक प्रस्तुत गरेको उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस