आज राजा ज्ञानेन्द्रको जन्मदिन

काठमाडौं । मौसुफ सर्कारलाइ सुभकामना सहित केही लेख्दै छु , तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए, किन ? होलेरी काण्डमा राजासँगै खटपट भएर गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपरेपछि देउवा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्रीबाट राजाकै कारण हट्नुपरेपछि कोइराला चुप लागेका थिएनन् । दरबारले देउवालाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजिरहेको भन्दै कोइरालाले कांग्रेसभित्र देउवालाई कमजोर पार्ने प्रयास गरिरहे ।

मलाइ राम्म्रो सँग याद छ कि देउवाको सरकारमा कांग्रेसका तत्कालीन भ्रस्टाचारी कथित हस्तीहरु खुमबहादुर खड्का, विजय गच्छदार, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता जस्ता जल्लादहरु सक्रिय थिए । शुरुमा कोइरालाले जेपी गुप्तालाई पार्टी सदस्यताबाट निश्कासन गरे । र, त्यहीँबाट कोइराला-देउवा विवादको आगो उत्कर्षमा पुगेको थियो। र त्यही तात्तोन भुत्लोको राजनैतिक आगोले आज सम्म देस जलिरहेछ र अग्रगमनका नारा बोकेर कम्निस्टहरु आज पनि सेरबहादुर भेट्न लाम लागेर बुढानिलकण्ठ धाई रहेछन ।

भारतिय स्वार्थका मसिया देसद्रोही कोइरालाले देउवालाई समेत पार्टीबाट कारवाही गरेपछि तत्कालीन प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जाने कदम चाले । यो यहाँ किन पस्किन सान्दर्भिक छ भने आज माकेने गुट त्यही राजा र गिरिजा बाट निकम्मा घोसित भएको काङ्ग्रेसलाइ बुइ बोकेर सेर बहादुरलाइ प्रधानमन्त्री बनाउन कममर कसेर ओलि बिरुद्द किन प्राणै रोपिरहेछन सारा नेपालिले बुझ्न जरुरी छ ।

माथिका प्रसंगहरु आज किन उठान गरिएत ?? किन गरिए भने आज फेरि राजा ग्यानेन्द्रले गलहत्याएका कुपात्रहरु यो देसका नेता कहलिएर देस सक्दै छन। राजा बिगत करिब २३ बर्स देखि मौन रहेर यिनिहरुको तमासा हेरिरहेछन , यी कति निर्लज्ज छन त्यो मैले उठाइ रहन नपर्ला र राजा ज्ञानेन्द्रमा कति सहन शक्ति रहेछ त्यो पनि दर्साई रहन नपर्ला !! परिवर्त र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरिम भनेपनी जनताको जिबन्मा भएको ठोस परिवर्तन केहो ?? देसको मुल्य मान्यता , आम संस्कृती र बिरासतलाइ समाप्त पारी सक्दा पनि सार दिन नसक्नु यो ब्यबस्था र त्यहाँ भित्र खेल्ने प्रमुख राजनैतिक दलहरु गलत हुन भन्ने राजाको २०५९ सालको निस्कर्स आज पुनः सत्य साबित भएको छ ।

देसमा बिभिन्न अत्यासलाग्दा दैबिप्रकोप भैरहदा पनि कुनै पनि नेतालाइ काठमाडौ छोडेर जनताको घरदैलो सम्म जाने फुर्सद सत्ता रस्सा कसिले कैलेई दिन सकेन । कोरोनाले थिल्थिलो पारिसक्दा खोप ल्याउन प्रधानमन्त्री रास्ट्रपति आफै लाग्दा पनि उनिहरुको नेतृत्वमा खोप नदिनु भनेर बिदेसिलाइ भनिन्छ ! यो भन्दा लज्जाको पराकाष्ठा के हुन सक्छ ? देसका धर्म संस्कृती बेचियो , रितिरिवाज चालचल पस्चिमा कृस्चियनहरु सँग साटिदै छ , देसका खोला नालाहरु भारतिय स्वार्थ बमोजिम पठान्तरण र रुपान्तरणको नाम्मा आफ्ना नागरिक लडाइ बिदेसी इन्ट्रेसानुसार बिदेसिकै डिजाइन्मा भुगोललाई बिर्सिएर , स्थानिय हजारौं बर्स पुरानो प्राकृतिक बिरासतलाइ जिँउदै रसातलमा पुर्याएर बिकास विकास भन्दै झुक्याइ उतै सुम्पन होडबाजी चलेको छ ।

भित्र भित्रै जातिय छुवाछुतलाई डलरले किनि बाहिर चैं बर्ग समानताका चर्का नारा यिनै राजनितिक दलहरुबाट लगाएर आज आफ्नै दलको एक तिहाइ भाग आफ्नै सरकार बिरुद्द विभिन्न बहानामा मसाल जुलुस , राँके जुलुस गर्दछ , बाढी पहिरोले आफन्त र बासस्थान गुमाएका नेपालिका बस्तिमा गएर आफ्ना तुल ब्यानर र झन्डा अफ्ठेरोमा परेका जनताको उद्दार भन्दा पैला त्यहाँ सजाइन्छ ।

अनि ती रोग भोक र प्राकृतिक बिपत्ती सँग लडि रहेका जनतालाई तमासा देखाउदै काङ्ग्रेस र कम्निस्टका नाम्मा मारामारी प्रदर्सन गरिन्छ । यहि हो बिकास ? यहि हो सुसासन ? यहि हो संबिधानको पालना ? यहि हो सम्मृद्दी र अग्रगमन ? यहि हो सम्मृद्द नेपाल र सुखि नेपाली ?? त्यसैले ती तमाम बेथितिको विरुद्ध नेपाली जनतालाइ ढाटि जसरी राजसस्था फ्याँकिएको थियो त्यो अब कुनैपनी किमतमा फर्कने निस्चित छ , फर्काइने छ र देसको यो हदै सम्मको बेथितिबाट राजसस्थाले मात्रै देसलाइ सहि निकास र गन्तव्य दिने छ भन्दै आज असार २३ गते राष्ट्र नायक,🇳🇵 राष्ट्रीय एकताको प्रतीक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारको ७५ औ शुभजन्माेत्सबको पावन अबसरको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं सुदीर्घ जीवनका लागि भगवान श्री पशुपतिनाथसंग प्रर्थना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

स्मरण रहोस : यो देसको माटोको खातिर मलाइ कसैले योत राजाबादी पो रहेछ भन्छ भने त्यो सहर्स स्विकार्य छ किनकी गणतन्त्र ले सुख दिन्छ भनी आफैं लागेर लडि ल्याएको ब्यबस्थाले ले आज के दियो त्यो त देखिएकै होलानी ??

जय देस ,जय नरेस ,जय चन्द्र सुर्य !

खतिवडा योगेन्द्र तेह्रथुम ।

प्रतिक्रिया दिनुहोस