मनसुनी वायु फेरि सक्रिय बन्दा माैसम प्रतिकूल बनेकाे छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा मुलुकभरका धेरैजसाे स्थानमा पानी पर्नेछ, भने केही प्रदेशमा भारी वर्षासमेत हुनेछ।
बुधबार दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। यसैगरी, प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना छ।
राति पनि प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।
बिहीबार देशका धेरै स्थानमा पानी पर्ने आँकलन गरिएकाे छ। जसमा प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।