आज देखि घोराही तुलसीपुर सडक खुल्ने

पत्रे खोला कवचे मर्मतका लागि बन्द गरिएको घोराही तुलसीपुर सडक खण्ड आज बुधवार बिहान देखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजे देखि सडकमा यातायात सञ्चालन हुने जनाएको हो ।

यसअघि प्रशासनले उक्त सडक हिजो मंगलबार राती १० बजे देखि सञ्चालनमा आउने भनेको थियो । तर मर्मको काम पूर्ण भैनसकेकाले आज बिहान देखि मात्रै यातायात सञ्चालनमा आउन दिइने प्रशासनले जनाएको छ । हाल पुल निर्माणाधिन पत्रे खोलाको कचवेमा ठूलो खाल्डो परेका कारण खोलामा पानीको सतह बढ्दा यातायात सञ्चालनमा निकै असहज भएको थियो ।

कचवेमा परेको खाल्डो पुरेर मर्मत गर्नका लागि प्रशासनले सडक अबरुद्ध गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस