NRNA दक्षिण कोरियाको ०८ औ महाधिवेशन समपन्न

दक्षिण कोरिया । NRNA दक्षिण कोरियाको ०८ औ महाधिवेशन सफलताको साथ समपन्न भएको छ ।

दक्षिण कोरियाको इतिहासमै पहिलोपटक ०७ औ कार्यसमितिले उक्त महाधिवेशन समपन्न गरेको हो ।

महाधिवेशनमा ०७ औ कार्यसमितिले कार्यकालमा भएका विभिन्न विवरणलाई समेत पारदर्शी ढंगले प्रस्तुत गरेको छ । श्रमिकको हकहितका लागि आफ्नो कार्यकालमा कुनै पनि कसुर बाकी नराखेको पनि उक्त कार्यसमितिले जनाएको छ ।

साथै आफ्नो कार्यकाललाई थप उचाई र लोकपि्रयता तर्फ पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण संघसंगठनका प्रतिनिधि, व्यापारी , बुद्धिजीवी, विद्यार्थी, लगाएत कोरियामा श्रम गर्दै आएका नेपालीहरु प्रती ०७ औ कार्यसमितिले धन्यवाद समेत ज्ञापन गरेको केन्द्रिय सचिब मनोज गौतम् तथा अवदेश राज चौरसियाले जानकारी दिनुभयो ।

श्रोत : केन्द्रिय सदस्य अवदेश राज चौरसिया ,केन्द्रिय सचीव मनोज गौतम ।

प्रतिक्रिया दिनुहोस