शसस्त्र प्रहरि बेश क्याम्पमा बृक्षारोपन

शसस्त्र प्रहरि सुरक्षा बेश क्याम्प तुलसीपुरमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएका छन ।
सनिबार एक कार्यक्रमका बिच तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले बिरुवा लगाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अबसरमा आप,खयर,कपुर,धुपिसल्लो लगायतका बिरुवाहरु रोपिएको थियो ।
उदघाटन सत्रमा बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल,तुलसीपुर उपमहानगरपालिकाका अधिकृत टोपबहादुर डागि,बाणिज्य सघका महासचिब बिनिल केसि,ब्यबसायिहरु निमबहादुर केसि लगायतकाले सशस्त्र प्रहरिले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा खेलिरहेको भुमिकाको बारेमा चर्चा गरेका थिय ।
सो अबसरमा सुरक्षा बेश क्याम्पका प्रमुख बेदु खडकाले बृक्षारोपन कार्यक्रममा सहभागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस