इपिएस प्रोसेसमा गुनासो अथवा प्रश्नभएमा मेलमार्फत समस्या राख्न सकिने…

जानकारी !!

इपिएस प्रोसेसमा यदि एच आरडी कोरिया बाट हुने कुनै पनि कार्यहरू जस्तै, रोष्टर एप्रुबल, सिसिसिआइ जारी, कामदार जारी प्रकृया, इत्यादि ( जति पनि एच आरडी कोरियाको कार्यक्षेत्र भित्र पर्ने ) । यदि तपाईंहरुलाई यी उक्त विषयहरूमा कुनै पनि समस्या, गुनासो अथवा प्रश्न छन् भने एच आरडी कोरियाको नेपालमा रहेको शाखा इपिएस सेन्टर नेपालको मेल आईडी Nepalhrd@hotmail.com मा सभ्य भाषाले आफ्नो समस्याहरू राखी बुझ्न सक्नुहुनेछ ।

कोरिया सिस्टममा चल्ने देश हो । उनीहरू आफ्नो हरेक काम प्रति जिम्मेवार र कर्तव्यनिष्ठ हुन्छन् । नेपालको सरकारी कार्यालयको जस्तो फोन गर्दा फोन नउठाउने कोरियाको सिस्टममा छैन। तपाईंले मेल गरेको केही दिनमै उचित परामर्श सहित उहाँहरु मेलको रिप्लाई ब्याक गर्नुहुनेछ ।

✓ मेल गर्दा नेपाली वा अङ्ग्रेजी दुवै भाषामा गर्न सकिने छ।

– जानकारी स्रोत ; NRNA नेपाली गैर अवासिय संघ दक्षिण कोरिया ( केन्द्रिय सदस्य अवधेश राज चौरसिया )

प्रतिक्रिया दिनुहोस