डब्ल्यूएचओका महानिर्देशकले भने : नेपालका स्वास्थ्यकर्मी ‘हिरो’ हुन्

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले को’रोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गरेका छन्। उक्त्त भिडिओ ट्विट गदै टेड्रोसले स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ ता’रेका थिए। सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीव’नरक्षाका लागि काम गरिरहेको बताएका छन्।

तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ। ‘यति टाढा स्वास्थ्यकर्मीहरू जीवन बचाउन जान्छन्। के यो उचित छ। धेरै ठाउँमा यी नायकहरू अझै खोप दिइएन?,’ उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस