दाङ । धानखेती सुरु हुनै लाग्दा दाङमा रासायनिक मलको अभाव देखिएको छ । सहज रुपमा आपुर्ती हुनु पर्ने रसायनिक मल माग अनुसार आपुर्ती हुन नसके पछि मल राखेका कृषि सामग्रीका गोदामहरु रित्तै रहेका छन । रासायनिक मल नहुदा खेतीको समयमा किसानहरुले मल पाउन सकेका छैनन ।
अहिले सम्ममा दाङमा रासायिनक मलको अभाव देखिएको छ । सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलव्ध गराउन नसक्दा अनुदानमा विक्रि गरिने युरिया र डिएपी मलको अभाव भएको निकायहरुले जनाएका छन ।
खेतीपातीको समय सुरु हुदा पनि सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलव्ध नगराउँदा विगतका वर्ष जस्तै यस वर्ष पनि दाङमा रासायनिक मलको मलको अभाव देखिएको हो । यो अभाव लामो समयसम्म रहेमा यस वर्ष किसानहरुले खेतमा चाहिने आबश्यक रासायनिक मल पाउने सम्भावना कम देखिने छ । तर कृषि सामग्री केन्द्रका अधिकारीहरुले भने माग अनुसारको आफुर्तीका लागि पहल भइरहेको र छिट्टै सहज हुने दावी गरेका छन । मल सहकारीहरुको माध्यमबाट किसानलाई दिने ब्यवस्था गरिदै आएको छ ।
सरकारले किसानको मागको आधारमा मल उपलव्ध गराउन नसक्दा मलको अभाव वर्सेनी अभाव हुने गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले बताए । कृषि केन्द्रले बजार मुल्य भन्दा ७० प्रतिशत सस्तोमा मल विक्रि गर्ने भएकाले मलको माग अत्याधिक हुने गरेको उनले बताए । ‘किसानहरुको माग धेरै छ तर मल आपुर्ति थोरै हुन्छ, उनले भने- माग र आपुर्ति विचको खाडल नपुरिदासम्म यो समस्या यस्तै हो ।’ थोरै मल आवश्यक हुँदा पनि कृषकहरु कृषि केन्द्रमा आउने गरेको उनी बताउँछन् । यस वर्ष सहज गराउने गरि प्रदेश कार्यालयमा माग गरिरहेको र ढुवानीको सहज अवस्था भएका मल आपुर्ति सहज हुने बताए ।
अहिले कृषि केन्द्रमा मल पूणर्रुपमा सकिएको छ । यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्र तुलसीपुरले २ हजार ३६ दशमलव ८० मेट्रिक टन मेट्रिक्टन युरिया विक्रि गरिसकेको छ । यस्तै २ हजार ४६ मेट्रिक्टन डिएपि विक्रि गरिसकेको छ । तर दाङमा ४० हजार मेट्रिक टन वर्सेनी आबश्यक हुन्छ । घोराहीले १५ सय १४ मेट्रिक टन युरिया र १४ सय २ मेट्रिक टन डिएपी मात्रै विक्रिय गरेको छ । त्यसै गरे र लमहीले एक हजार २३ मेट्रिक टन, युरियन र ११ सय २९ डिएपी विक्रि गरेको छ । तुलसीपुर शाखाले छिमेकी जिल्ला सल्यान र घोराही शाखाले रुकुम जिल्लाको आफुर्ती पनि गर्ने गरेको छ । लमही क्षेत्रमा अहिलेको मल पर्याप्त भए पनि अन्य क्षेत्रमा भने अभाव नै छ ।