बर्दिवास । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीको रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् ।
पूर्वमन्त्री पोखरेलले बुधवार एक प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ ९साविक किसाननगर र पशुपतिनगर गाविस० र भंगाहा–४ रामनगरस्थित रातु खोलामा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा ध्यानाकर्षण पनि गराएको छ ।
अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत ९पिउने पानी र सिंचाइ० समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकार पक्ष सबैमा उनले विशेष अनुरोध गरेका छन् ।