मास्क र सेनिटाइजर वितरण

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा स्थित महालक्ष्मी टोल विकास संस्थाका सदस्य लक्ष्मण वलीले आफ्नो टोलमा मास्क र सेनिटाइजर वितरण गर्नुभयेको छ। उहाँले मास्क र सेनिटाइजर प्रयोगको अभावमा कोही पनि कोरोना संक्रमित हुन नपरोस भन्दै टोलका नागरिकलाई ६० पिस मास्क र ६० पिस सेनिटाइजर वितरण गनुभएको हो ।
मास्क र सेनिटाइजर वितरणमा टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर डाँगी, बिनोद अधिकारी, तुलसी केसी, घनश्याम बस्नेत, सन्दीप डाँगी, दल बहादुर घर्ती र कमल डाँगीले सहयोग गर्नुभएको मदन बिक मुस्कानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस