लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्‍मेदवार पाण्डे विजयी

राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो ।

पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो ।

पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् ।

खड्काले स्थानीय तह  र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन् ।  निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन्।  नेपालगन्ज उपमहानगरका नगर प्रमुख,नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् ।

प्रतिक्रिया दिनुहोस