विपत्तिमा बन प्राविधिक समाज दाङले चलायो सहयोग अभियान,हिजो मानव सेवा आश्रममा भोजन

दाङ । बन प्राविधिक पढ्ने युवाहरुको सस्था बन प्राविधिक समाज दाङले विपत्तिमा सघाउन मानव रक्षा सहयोगार्थ अभियान चलाएका छन् । कोरोना भाइरसको महामारी बढेसँगै फ्रटलाइनमा बसेर काम गर्ने तथा अन्य सर्वसाधारण नागरिकलाई विभिन्न कुराको अभाव भएपछि युवाहरुले स्वस्फुर्त रुपमा मानव रक्षा सहयोगार्थ अभियान चलाएर सहयोग सामग्री वितरण गर्न थालेका छन् ।

विभिन्न ठाउमा रहे पनि बन प्राविधिक समाज दाङ मा आवद्ध युवाहरुले उठाएको रकम विपत्तिमा परेका परिवार तथा कोरोना जस्ता महामारीमा अग्रभागमा रहेर काम गर्ने तथा महामारीबाट प्रभावित भएकालाई सहयोग गर्न अभियान चलाइएको अभियान्ताहरुले बताएका छन् ।

यो संकटको घडीमा पार्टी र विचारधारा भन्दा माथि उठेर सहयोग गर्नुपर्छ भन्ने भावना युवाहरुमा जागेकाले आफुहरु सहयोग गर्न जुटेको अभियानमा संलग्न जीवन देबकोटाले जानकारी दिए । उनका अनुसार हिजो बन प्राविधिक समाज दाङले मानब सेवा आश्रम दाङ शाखामा भोजन गराएकाे छ । काेराेना महामारीकाे याे समयमा विभिन्न सामाजिक काम गर्दै आएकाे बन प्राविधिक समाज दाङले हिजो मानव सेवा आश्रम दाङ शाखामा रहेका अशक्त, अपाङग, असाहाय, बृद्धहरूलाइ भोजन गराएकाे हाे । पहिलाे चरणकाे कार्यक्रम अन्तर्गत भाेजन कार्यक्रम सुरू गरिएकाे बन प्राविधिक समाज दाङले जनाएकाे छ । दाेस्राे चरणमा काेराेना महामारी लक्षित विभिन्न कार्यक्रम गर्ने जनाइएकाे छ ।

सहयोगी मनहरुले हामीलाई आर्थिक सहयोगका साथै स्वास्थ्य सामाग्रीहरु समेत सहयोग गर्दै आएका छन्, सोही अनुसार हामीले वितरण गरेका हौ उनले भने, हालसम्म हामीलाई कोरोना प्रभावित र अग्र भागमा रहेर काम गर्ने संघसंस्था तथा प्रतिनिधिहरु,महामारीको बेला समस्या परेकाहरुलाई सहयोग गर्न भन्दै झन्डै २ लाख सहयोग जुटेको छ ।

उनले स्वस्फुर्त रुपले सहयोग गर्नेहरुबाट उक्त रकम संकलन भएको र आफुहरुले सोही रकमबाट सहयोग गरेको जनाए । सहयोग गर्न चाहनेहरुका लागि यो अभियान एउटा माध्यम हो, उनले भने, सोही अनुसार हामीले काम गर्दै आएका छौ । यो महामारीमा मैले पनि केहि सहयोग गर्नुपर्छ भन्ने भावनाले सुरुमा सहयोग गर्ने भनि सामाजिक सञ्जाल फेसबुकमा राखे पछि यहि एउटा अभियानको रुपमा अभियान्ताहरुले अगाडी बढाएका हुन् उनले भने ।

सामाजिक सञ्जालमा राखेपछि सहयोग गर्ने थपिदै गए, हामीले पाएको सहयोग रकम र खर्च विवरण सहित फेसबुकमा राख्दै गयौ, त्यसैले सहयोगी मनहरु थपिए अभियानका जीवन देबकोटाले भने । यो महामारीको समयमा युवाहरु जुटेर चलाएको यो मानव रक्षा सहयोगार्थ अभियान आगामी दिनमा निरन्तर अगाडी बढ्ने अर्का अभियान्ता अविशेक हमालले बताए ।

यो विपत्तिमा हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जुट्यो र सहयोग गर्न सुरु गरेका हौ, उनले भने, कोरोना नियन्त्रण पछि पनि प्राकृतिक विपत्ति वा अन्य विपत्तिमा परेका सर्वसाधारण नागरिकलाई बन प्राविधिक समाज दाङले मानव रक्षा सहयोगार्थ अभियानबाट सहयोग गर्ने पनि उनीले जानकारी दिएका छन् ।

कसैलाई समस्या परेमा,सहयोग चाहिएमा वा सहयोग गर्न मन लागेमा बन प्राविधिक समाज दाङ लाइ सम्पर्क गर्न वा ९८१२८५७८०८ मा फोन गर्न समेत बन प्राविधिक समाज दाङले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस