देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जादै

काठमाडौं ।    राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध  विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् । यसका लागि केहीबेरमा विपक्षी दलका नेताहरु सिंहदरबारमा भेला हुन लागेको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले  जानकारी दिइन् ।

उनकाअनुसार आजै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । काँग्रेस नेता रमेश लेखकको संयोजनमा कानुनविद्हरु शनिबारदेखि नै आवश्यक कागजपत्र तयार पार्ने काम जारी छ ।

लेखकले भने, ‘हामी हिजोदेखि आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ। सकेसम्म आजै सर्वोच्च जान्छौं।’ उपत्यका बाहिर रहेका सांसदलाई काठमाडौं आउन निर्देशन दिएको विपक्षी गठबन्धनले सांसदहरूलाई नागरिकता लिएर आउन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस