तुलसीपुर ११ ले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने

दाङ । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले अक्सिजन कन्सर्नट्रेटर खरिद गर्ने भएको छ । कोभिड १९ का बिरामिहरुलाइ मध्येनजर गर्दै अत्यावश्यक बिरामिहरुलाई केहि हद सम्म अक्सिजनको सहजताका लागि वडावाटै अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने निर्णय गरिएको वडा सदस्य सुबास डाँगीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य चौकि बेल्टाकुरामा राख्ने गरि एक थान अक्सिजन कन्सन्ट्रेटर, ५ वटा अक्सिजन सिलिन्डर , पिपिइ सेट, अक्सिमिटर लगायत आबश्यक अन्य सामाग्री खरिद गर्ने निर्णय अनुसार सामाग्री ल्याउनका लागि तयारि भैरहेको वडा सचिब लक्ष्मी रानाले जानकारी दिनुभयो ।

उक्त सामाग्री आइसकेपछि अत्यावश्यक अक्सिजन आबश्यक बिरामिहरुको उपचारका लागि सहज हुने स्वास्थ्य चौकि प्रमुख चित्र वलिले बताउनु भयो । कोभिड १९ को महामारिलाइ मध्यनझर गर्दै प्राथमिक उपचारका लागि आबश्यक ब्यबस्थापन गर्न वडाकाे सहकार्यमा लागि परेको प्रमुख वलीले जानकारी दिनुभयो ।

यि स्वास्थ्य सामाग्री सहित शुरु हुन लागेको नयाँ ब्यबस्थापनले वडावासिहरुलाई कोभिड १९ बिरुद्धको अभियानमा लड्न सहज हुने वडा कार्यालयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस