काठमाडौं । सामाजिक संजाल मार्फत माओवादी अध्यक्ष प्रचण्डले माओवादी पार्टी कस्तो बनाउने भनेर सुझाव मागेको देखे!
मेरो सुझाब छ आदरणिय दक्षिणपन्थी क्रान्तिकारी कमरेड संग्रामी अभिबादन! पछिल्लो समय सत्ताको चटारोले तपाँइको निन्द हराम भएको छ तै पनि ।
आराम हुनुहुन्छ होला :
अब प्रसंग तिर लाग्ने अनुमती चाहन्छु ,
१.यो देश बर्बाद गर्न तपाँइको ठूलो हात छ हाजारौंका सिन्दुर पुछिए बिधुवा भए , छोरा छोरी टुहुरा भए , बाबुआमा निसन्तान भए त्यो सब तपाँइका कारण भए कमरेड !
२. देशै भरका ठुलठुला भौतिक संरचना ढले , सांस्कृतिक संरचना ढले , सिक्षक कर्मचारी नागरिक र एउटा सामान्य श्रम जिबिलाइ चौबाटोमा लगि पाता फर्काएर काटेर , गिँडेर , हात खुट्टा भाचेर , गोलिले कन्चट उडाएर , बिहिनिले तिघ्रा छेडेर , करेन्टले मसल मुनि पट्टि र पैताला, जिब्रामा डामेर तपाँइकै नेतृवमा आफ्नै नागरिकलाइ देसमा गर्नु नगर्नु गरियो !
३. नागरिकको जीवन परिवर्तनको लागि भनेर हजारौंलाइ बेपत्ता बनाइयो , अंगभङ्ग गरियो , झोलुङ्गे पुल काटियो , गाइकाट्न सिकाइयो , जनाइ चुडालियो , पुरोहित्लाइ लात्तले हानियो , छोरी चेली लाइन लगाएर बलात्कार गर्न सिकाईयो ।
४.आफ्ना छोरा छोरि भारत र बिदेसमा बंगलामा लुकाइ ठुला ठुला युनिभर्सिटी बाट पढाइयो तर आफ्नो देसको सिक्षालाइ बुर्जुवा सिक्षा भनी पढाउने सिक्षक काटियो , संस्कृत पढाउनेलाइ गोरुको मासु जबर्जस्ती खुवाइयो !
५.क्रान्तिको नाममा विभिन्न आस्थाका देबि देवालय , पाटी पौवा , मठमन्दिर मस्जिद र गुम्बा उडाइयो के चैं छोडियोर ??
त्यसैले यस्ता हजारौं बुँदा आफैं सम्झनु होला म अरु पनि लेख्न सक्थे तर सान्दर्भिक ठानिन !
किनकी तपाँइको अस्थिर राजनैतिक यात्रा हेर्दा लाग्दछ गुहुमा भन्किने हरियो झिङ्गालाइ जति सुकै सफा सौचालय बनाएर कमोट नै राखिदिए पनि त्यो झिङ्गा चान्स पाउने बित्तिकै त्यँहा पनि घुम्नै खोज्दछ मुन्टो चोबली हाल्दछ आज तपाँइको राजनितीक यात्रा सेम देखिन्छ !
अन्त्यमा
तपाँइले आफ्नो सत्ता भोजन्मा आफ्नै दललाइ ६ टुक्रा बनाउनु भयो , पासा पल्टाउन देसमा भएका जति जम्मै राजनैतिक दलसँङ तिनिहरुको सिन्दुर पहिरिनु भयो , कैले सेर बहादुरको गोद्गमा सैसैला , कैले माधब कुमार नेपालको पोल्टोमा हाहाहा , कैले ओलिको सिरानिमा उइयाबरी लै लै हुइया हाहा त कैले कमल थापा , उपेन्द्र यादब , बाबुराम जि हुदाहुदा तपाँइले सत्ता स्वादन्मा राजेन्द्र बिहारी महतोलाइ पनि मिठो संगित सुनाउनु भयो !
माथी उल्लेखित घटनाक्रम काल्पनिक हुन वा यथार्थ आफै छुट्याउनु होला र कमरेड अब यत्ती पनि गरिदिनु होला कि मैले यो देसको धर्म संस्कृती , रितिरिवाज , चालचल्न , भेसभुसा , जाती भासा धर्म वर्ण लिङ्ग , क्षेत्र , आस्थाका धरोहर कहि कत्तै छोडिन , सबै सँङ्ग मिले पनी, तर पार लागेन!
त्यसैले महाराज अब एक पल्ट मैले गरेका सारा गल्ती सच्याउदै माफी माफी यो देसको हितका लागि म नेपाली पोसाक दौरासुरुवाल टोपी र कोट लगाइ पसुपतिनाथको चरणकमल छोई कसम खादै तपाँई बडामहाराजा धिराज सँग सहकार्य गरि सम्पुर्ण पाप मोचन गर्न चाहन्छु भनी श्री ५ ज्ञानेन्द्र वीर बिक्रम सरकार सँङ्ग झुकी यो देसको प्रगतिमा लाग्नोस तपाँइको मावोबादी पार्टी कैलेई सानो दल हुन पर्ने छैन क्रान्तिकारी लाल अभिबादन सहित हवस्त धन्यबाद ।
खतिवडायोगेन्द्र
पुर्ब एमाले
तेह्रथुम