देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन् ।

दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकका लागि काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि विपक्षी दलमा शीर्ष नेताहरु बैठकमा जुट्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस