दाङ/तुलसीपुर । तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेका हुन ।
कतिपयले ती शवहरु बलका भएको बताएपनि घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा शव फेला परेको जानकारी मात्रै दिएका छन् ।
‘ चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले भने ‘ बेलका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’
घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकुतिको देखिएको हुदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए ।
डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए ।
शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टापले गन्ध आएको हुँदा कार भित्र हेर्दा ती शबहरु देखेको स्रोतले बताएको छ ।