लुम्बिनी प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी प्रस्तावित

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। पोखरेलविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ।

अविश्वास प्रस्तावमा माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्।

जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डेले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन्। पाण्डे जसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिन्छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका पनि एक प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन्।

८५ सदस्यीय लुम्बिनी प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४३ सांसदको समर्थन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस