थरुहट थारुवान राष्ट्रिय मोर्चाले बैशाख १८ गते दासता विरुद्धको तेस्रो चरणको बृहत सभा गर्ने

दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको यहि बैशाख १८ गते हुने दासता विरुद्धको तेस्रो चरणको बृहत सभाको तयारीको बारेमा तुलसीपुरमा छ्लफल गरेको छ । छलफलमा सहभागीहरुले झुट्टा मुद्धा लगाएर जेल जीवन बिताइ रहेका माननिय रेशम चौधरी लगायत अन्य निर्दोष ब्यक्तिलाई बिना सर्त रिहा गर्नु पर्ने ,थारुहरुको मागलाई वार्ता र सम्बाद मार्फत सम्बोधन गरि त्यसलाई कार्यान्वयन गर्ने लगायतका कुरामा जोड दिएक थिए ।

त्यसैगरी थरुहट थारुवान राष्टिङय मोर्चाको केन्द्रीय निर्णय अनुसार यहि बैशाख १८ गते दाङको तुलसीपुरमा हुने थरुहट थारुवान राष्ट्रिय मोर्चाको बृहत सभाको तयारिको लागि मोर्चाले दाङ जिल्ला कार्यसमितिलाई जिम्मा दिएको दाङ मोर्चाका सचिब जितेन्द्र चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस