काठमाडौं । नेकपा एमालेका भातृ संगठनका अनेरास्ववियुका बिद्यार्थी नेता आदर्श मंडल भन्छन् ।
सत्ता पाउनेका केपी ओली लाई गाली गर्ने जसपा आजकाल केपी ओलीको शरण पुगेर उधारो हैन नगदी सम्झौता गर्ने तयारीमा छ । जुन मधेसी दलले केपी ओली मुर्दावाद भनेर मधेस आन्दोलन चर्काएका थिए ।त्यहीँ मधेसीवादी दलका दलालहरु लाई सत्ताको लोभले गर्दै अचानक केपी ओली जी संग जसपा लाई लभ परेका छन ।
यदि जसपाका नेता ज्युहरु लाई केपी जी संग उधारो हैन नगद सम्झौता गर्नु नै थियो भने आफ्नो छोरा , भतिजा लाई मधेस आन्दोलनमा आगडी राखेर सहिद बनाएको हुँदा नगद सम्झौता गर्दै हुन्थ्यो नि ? जसले मधेसी आन्दोलनमा गोली खाए उसको छोराछोरी गाउँकै असुविधा युक्त बिधालयमा पढ्छन् तर त्यहीँ सहिदको नाम बेचेर संसद बनेको नेता ज्युहरुको छोराछोरी काठमाडौं देखि विदेशका सुविधा युक्त बिधालयमा पढ्छन् । त्यतिकै मात्रै कहाँ हो र ?
प्रदेश न.२ सरकार सत्ता पाउदा मधेसी पार्टीका सांसदले जुत्ता चप्पल ल्यापटप पोशाक र गाडी फ्री तर जुन सहिदको नाम भोट लिएर प्रदेश सरकार बनाए उसको लागि भैंसी दिएर ५० लाखको अशुवासन दिएर आफैं मोज गर्दै हिड्ने महन्थ ठाकुर जी केपी ओली जीको नेतृत्व चलिरहेको सरकार संग उधारो हैन नगदी सम्झौता गर्ने तयारीमा छ।
केहि प्रश्नहरु
१. यदि केपी ओली जी कै शरण जानु नै थियो अनि किन मधेस आन्दोलन गरेर झुठफुस बोलेर मधेसका होनहार युवाहरु लाई मर्नेको लागि प्रेरित गरेको त ? किन उ सहिदको परिवारहरु लाई टुहुरा बनाएको त ?
२. केपी जी संग उधारो हैन नगदी सम्झौता गर्छ भने सहिद परिवारको पचास लाख कहिले मिल्छ ?