काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७४ हजार ८१२ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ जना रहेकोहजार ८ पुगेको छ ।
आज थप ४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।