काठमाडौं । गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप दुर्घटनामा पुरी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्की छन् ।
१२ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।