काठमाडौ । नयाँ वर्षकाे पहिलाे दिन वैशाख १ गते प्रेस चाैतारीका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकार बिभुषित हुनु भएको छ।
यहीँ वर्ष संविधान दिवसको अवसरमा विभुषित गर्ने निर्णय भए पनि काेराेना भाइरस महामहारीका कारण राेकिएकाे थियाे ।
पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गरिएको हो । प्रियासन काठमाडौंबाट प्रकाशित नेपालयन खबरका सल्लाहकार, दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक समेत हुनुहुन्छ ।
पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । भर्खरै पत्रकार महासंघकाे अध्यक्षमा उहाँको कार्यकाल सकिएर निर्वाचन मार्फत नयाँ नेतृत्व आइसकेकाे छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।
२०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ।
यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गरिएको हो।
यसरी बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) हुनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन , हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित हुनुहुनुभएको छ।