हे प्रिया आउ संगै यात्रा गरौँ…

हे प्रिया ,
तिम्रो त्यो रुपको चन्चल्ता अरु कसै लाई नै देखाउ,
मलाई त केवल तिम्रा ती अबोध अनुहारको सरलता मन पर्छ,
तिम्रो नाम भित्र का अर्थहरु मन पर्छ,
तिम्रा अँखा भित्रका दृश्य हरु मन पर्छ,
तिम्रा लागि मन मा खेल्ने मेरा अन्तर सम्बाद हरु मन पर्छ ।

 

हे प्रिया ,
म भन्छु तिमी सुन आज
अलिकती रिस अनि मन्द मुस्कान ले गाली गर आज
मेरो लागि केही गर्नु छैन तिमिले
तिम्रै लागि लेखियका हरफहरु स्वीकार गर आज

 

मैले कैयन रात सपना देखिन
मेरो मन भित्र का चाहनाहरु देखिन
तार झै बेरियका तिम्रै यादहरुमा ,
मैले आफ्नै आकार देखिन
हो साच्चै ,

मैले तिमी भित्र को ढुक ढुक गरि चल्ने त्यो,
मानवरुपि यन्त्र लाई नियन्त्रण गर्ने अर्को कुनै यन्त्र रच्न सकिन
तिमी अरुको चालमा चल्यौ
म तिम्रो याद मा चले
तिम्रो र मेरो केमिस्ट्री मिलेन
तिमिले सम्बन्धलाइ रसायनिक परिवर्तन गर्यौ,
मैले बिश्वास को रङ भरे,
फेरि,
तिमिले मित्रता को स्वाङ रच्यौ,
मैले त्यसलाई जोगाउन असमझदारी का पर्खाल हरु मर्मत गरिरहे ।

हे प्रिया,
अब के सोची रहेकी छौ ?
के तिम्रा आँखा हरुले दृश्य देख्दैनन र ?
तिम्रै लागि गुन्जियका गित हरु सुन्दैनन र ?

हो ,
कुनै दिन तिमिले मेरै गित गाउनु पर्छ,
म संगै चोखो प्रीत लगाउनु पर्छ ,
म त फेरि अन्तरिक्ष्य यात्रा मा जाँदै छु प्रिया,
तिमी चन्द्र अनि म यात्री बन्नै पर्छ,
एकअर्का को साथ रोज्नै पर्छ ,
यो सम्पुर्ण ब्राह्मणमा अन्तरिक्ष्य बाटनै प्रेम को गित सुनाउनु पर्छ अनि प्रेम को बिज रोप्नै पर्छ ,
त्यसैले आउ प्रिया संगै यात्रा गरौ…..।

प्रतिक्रिया दिनुहोस