दाङ । अन्तरपार्टी महिला सञ्जाल दाङको अध्यक्षमा मिना गुरूङ् निर्विरोध चयन हुनु भएको छ । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा चयन गरेको हाे । यसैगरी संजालले कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगीलाई चयन गरेको हाे । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत, शान्ता रावंत, लक्ष्मीसिहं ठकुरी, शान्तिदेवी यादव, मिना वुढा, वालिका शर्मालाई चयन गरेको हाे ।
अन्तरपार्टी महिला संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशनमा बाेल्दै शाहीले महिलाहरूका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा अन्तरपार्टी महिला संजालका संस्थापक अध्यक्ष सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्ने बताउनुभयो ।
संजालका पूर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।