फोहोरी राजनीतिको प्रभाव:

काठमाडौं । हरेक जनताको मुखबाट सुन्ने गरिन्छ-’राजनीति फोहरी खेल रहेछ।’ जनता राजनीतिबाट वाक्कदिक्क भएर यसो भनेका हुन्। वास्तवमा राजनीति फोहरी खेल हुँदै होइन। राजनीति त वास्तवमा जनतालाई सुखी, सम्पन्नशाली बनाउने, देशलाई समृद्धिको शिखरमा पुर्‍याउने, आन्तरिक र बाहृय राष्ट्रियतालाई सुदृढ बनाउने, जनताका मौलिक हकको संरक्षण गर्ने एउटा विशिष्ट, उदान्त, अनुपम, सवल र सौर्न्दर्यपूर्ण नीति हो।

  • राजनीति कसरी फोहरी खेल हुन सक्छ – राजनीतिलाई त हाम्रा अगुवा नेताहरूले नै फोहरी खेल बनाएका हुन्। त्यसैले जनता दिग्भ्रमित छन्। नेताहरूले नै राजनीतिलाई फोहरी खेल बनाएका कारण सँगसँगै जस्तो स्वतन्त्र भएका छिमेकी देशहरू भारत र चीन प्रगतिको कति माथिल्लो सिंढी चढिसके। हामी अझै सय वर्षअघिको जङ्गली अवस्थामा छौं। देशलाई यो दुर्गतिको दलदलमा भसाउने नेताहरू देश र जनताका भक्त हुन् भने जनतासँग माफी माग्नुपर्ने कि नपर्ने – नेताहरूलाई पीपलपाते धुपौरे र चम्चेहरूले दिग्भ्रमित पारेका छन्। नेतागण ती धुपौरेबाट मुक्त हुने कि नहुने ?

अहिले भर्खरै पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ ।सामाजिक संजालहरुमा एक दुई हप्ता अगाडि देखि नै अग्रिम बधाई देखि सुरु भएको चुनावी माहोल क कतिपय पत्रकार मित्रहरूको अग्रिम बधाई मात्रैमा सिमित भएको छ भने कतिपय पत्रकार मित्रहरूको सफल कार्यकालको शुभकामना सहित बधाई खाने अवसर मिलेको छ।,सामाजिक संजाल भरी बधाईको लर्को लागेको छ ।

तपाई ,हामी धेरैलाई यो चुनावले प्रष्ट बनाएको छ पाठ सिकाएको छ। अब राजनीति नभएको र यसको प्रभाव नपर्ने कुनै क्षेत्र रहेनछ जस्तो म लाई लागेको छ। सरकारको चौथो अंग मानीएको ,स्वतन्त्र निश्पक्ष हुन्छ भनिएको पत्रकारिता क्षेत्रमा त यस्तो छ । अब तपाईहरु आफैले भन्नुहोस् झोले पत्रकार र पत्रकारिताको सर्वसाधारण जनताहरुले बिश्वास गर्न कुनै ठाउँ छ? चुनावले धेरै पत्रकारहरुलाई चिन्ने अवसर दिएको छ। तपाई आफै हेर्नुस् अब कुनैपनि पाटीको झोले न बन्नी स्वतन्त्र समाचार लेख्ने र सूचना दिने पत्रकार कुन छ? चुनावी मैदानमा आउनु भएका कुनै एउटा पत्रकार स्वतन्त्र हो भनी नाम लिन सक्नुहुन्छ ? त्यसैले एक पटक सोच्नुहोस र मुल्यांकन गर्नुहोस् पत्रकारीतामा राजनीति कत्तिको सुहाउछ ?

अहिले राजनीतिक प्रभावमा परी भोट दिनुभएका र चुनावमा जित्नु र जिताउनु भएका पत्रकार मित्रहरूले समाजमा रहेका विकृती विसंगती माथि प्रश्न खडा गर्न सक्नुहुन्छ ?,समाजको विकासमा गर्न टेवा पुर्याउन सक्नुहुन्छ ? समाजमा भएका गलत कुराका लागि आवाज उठाउन सक्नुहुन्छ ? , हरेक क्षेत्रहरूमा भएका विभेद हटाउन सक्नुहुन्छ ? , गाउँ ,समाज देशमा हुने गलत प्रवृत्ति विरुद्ध कलम चलाउन सक्नुहुन्छ ? विभिन्न क्षेत्रहरूका गुनासो सम्बोधन गर्न सक्नुहुन्छ ? सभ्य समाजको स्थापन र सभ्य समाज निर्माणमा गर्ने सक्छ ? यो त चुनाव जित्नु भएका र नेतृत्व गर्नुहुने सम्पुर्णको हातमा छ। मलाई त पत्रकारितामा स्वतन्त्रता छ भन्ने कुरा लाग्दैन चुनाव पत्रकारको थियो तर लडाइँ राजनीतिको जस्तो देखियो । पत्रकारिता भनेको त एउटा इमानदारीता र स्वतन्त्रता होइन र ?

मनोरञ्जन दिने र लिने विभिन्न क्षेत्रहरूका नेतृत्वकर्ता छान्दा त्यस्तै राजनीति प्रभाव छ। स्वदेश तथा बिदेशमा लाखौं करोडौंको मन मुटुमा बसेको गित, संगीतको संरक्षण एवंम कला गलाको विकास गर्दै धेरै दिन -दुखी गरिबहरुको साहारा बनेका नेपालका विभिन्न कुन कानदाराहरुमा लुकेका प्रतिभाहरुलाई खोजी निति गर्न अनि विकास र बिस्तार गर्दै धेरै दर्शक स्रोताहरु कमाउन सफल भएका विभिन्न मनोरञ्जन क्षेत्रम पनि राजनीति प्रभावमा परेको छ। यस्तै धेरै क्षेत्रमा राजनीतिक प्रभाव छ अब हामी राजनीति नबुझ्ने र राजनीति नगर्ने र नचिनेकाहरुको केही काम छ।

हाम्रो लागि त खाडी मुलुक छ नेपालमा बस्ने हो भने आर्थिक अभाव छ पढ्यो ,लेख्यो रोजगार खोज्यो अधा उमेर जान्छ न काम पाइन्छ न कसैले काम दिन्छ । जागिर खान राजनीति पावर हुनुपर्छ ,आफ्नो मान्छे हुनुपर्छ न हाम्रो कुनै पाटी छ न कुनै चिनेजानेका आफ्ना आफ्न्त छ त्यसैले त बिरोजगार बस्नुपर्ने हाम्रो बाध्यता छ ।

अहिलेसम्म स्वतन्त्र मानिएको एउटा सस्था भनेको लोकसेवा छ । त्यही पनि अहिले राजनीति प्रभावले परेर हो वा किन हो? बेलाबखत समस्य आईरहन्छ । अब लोकसेवा तयारी गर्दै बसेका धेरै विद्यार्थीलाई अन्योल छ,न परिक्षा न पढाईको टुंगो छ ।
नेपालमा राजनीतिले सबै क्षेत्र बिग्राएको छ ।
आफ्नै साथी आफ्न्तहरु सँगको दुरि बढाएको छ ।

फरक पाटी भएकै कारणले गर्दा होला सायद घरमा ज्या, बा को पनि झगडा छ । नेपालको राजनीति निकै फोहोरी भएको छ गरिब ,दिन दुखीहरुलाई निकै समस्या भयो बजारमा दैनिक उपभोग बस्तुको मुल्य दिनप्रतिदिन वृद्धि भएको भयौं छ।

भुवन के.सी
सञ्चारकर्मी
गंगादेब गाउँपालिका ६ रोल्पा ।

प्रतिक्रिया दिनुहोस