पत्रकार महासंघ निर्वाचन: ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम आयो, कसले कति मत पाए ?

काठमाडौँ । नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षका उम्मेदवार विपुल पोखरेलको अग्रता कायम रहेको छ । अहिलेसम्म सम्पन्न ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतगणनामा पोखरेल नेतृत्वको प्यानल नै अगाडी रहेको छ ।

अध्यक्षका उम्मेदवार पोखरेलले ४४४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी निर्मला शर्माले २५३० मत प्राप्त गरेकी छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले २८७ मत प्राप्त गरेका छन् भने उम्मेद्वारी फिर्ता लिएका रामप्रसाद दाहालले ७२ मत पाएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा विपुल पोखरेल प्यानलकै रमेश बिष्टले ४२७३ मत पाएका छन् भने निर्मला शर्मा प्यानलका माधव नेपालले २४३० मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला तर्फको उपाध्यक्षमा पोखरेल प्यानलकै बाला अधिकारीले ४६१५ मत प्राप्त गरेकी छन् भने शर्मा प्यानलकी दाना केसीले २२३८ मत प्राप्त गरेकी छन् ।

त्यस्तै समावेशी उपाध्यक्षमा पोखरेल प्यानलका उदय जीएमले ३८९१ मत प्राप्त गरेका छन् भने अवदेश झाले २३६७ मत प्राप्त गरेका छन् । त्यस्तै मोहन कुमार सिंहले ५७२ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा पोखरेल प्यानलका रोशन पुरीले ३९८० मत प्राप्त गरेका छन् भने शर्मा प्यानलका बालकृष्ण बस्नेतले २४९८ मत प्राप्त गरेका छन् । त्यस्तै सुबोध गौतमले ५५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव खुला पदमा गोविन्द प्रसाद चौलागाईले ३९१५ मत प्राप्त गरेका छन् भने रामकृष्ण ज्ञवालीले १९३४, जन्मदेव जैसीले ६२१ र यम विरहीले ५१० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सचिवमा सिर्जना अर्यालले ४१६३ र निमा काफ्लेले २६८७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै सचिव एसोसियट्समा पोखरेल प्यानलका पवन आचार्यले ३७८८ मत प्राप्त गरेका छन् भने रामेश्वर कार्कीले १८२० मत प्राप्त गरेका छन् ।

सबै पदमा प्राप्त मतको विवरण :

प्रतिक्रिया दिनुहोस