प्रदेश २ मा वाईसीएलले ३२ हजार सदस्य थप्दै

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उत्ताराधिकारी संगठन वाईसियल नेपालले प्रदेश २ का आठ जिल्लामा ३२ हजार नयाँ युवा आफ्नो संगठनको सदस्य वितरण गर्ने भएको छ । त्यसका लागि जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउँदैं छन्, वाईसियिलले । प्रदेशका समस्या, समाधार र युवाहरुको अवस्थाबारे वाईसियल नेपाल प्रदेश २ का ईन्चार्ज शंकर महतोसंग गरिएको संक्षिप कुराकानी प्रस्तुतः

तपाईंको युवा संगठन नेपाल अहिले के गर्दै छ ?

वाईसियल नेपालले प्रदेश नम्बर २ को भष्ट्राचार, प्राकृतिक श्रोतको दोहन, कुसंस्कार, लागुऔषध दुव्र्यसनी, कुरितीको विरुद्धमा युवालाई जागृत गराउँदैं छौं । यसको विरुद्धमा लड्नका लागि र नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धीहरुलाई रक्षा तथा संरक्षण गर्दै बाँकी उपलब्धीका लागि थप संघर्षशिल बनाउन अभियान चलाएका छौं । पुराना सदस्यहरुलाई नविकरण गर्दै थप नयाँ ३२ हजार सदस्यता वितरण गरि टोल, वडा, पालिका, जिल्ला कमिटीको भेला सम्मेलन गर्दै आउँदो जेष्ठ महिनाको ६ र ७ गते प्रदेश सम्मेलन मार्फत नयाँ कमिटी र नयाँ नेतृत्व निर्माण गर्नका लागि अभियानमा छौं ।

तपाईले भनेको यो कामहरु किन अगाडी बढाउन लाग्नु भएको हो ?

जब सम्म हाम्रो देशमा भट्राचारको अन्त्य हुदैंन तबसम्म हाम्रो मुलुक समृद्ध हुदैंन । बेरोजगारी समस्या झाँगिदैं गएको छ । युवाहरु बेरोजगारी भएपछि कुलतमा लागेका छन् । उनीहरुलाई सहि बाटोमा ल्यान योजनाबद्ध काम गर्नु पर्छ । देशभरीका १७ हजार घर परिवारका ४० लाख युवाहरु बैदेशिक रोजगारमा आश्रित छन् । हाल प्रदेश २ सरकार, स्थानीय सरकारहरु जुन ढंगले काम गर्दैछन्, यो ढंगको कामले हाम्रो प्रदेश २ को कुनै उन्नती प्रगती हुने छाँटकाँट देखिदैंन ।मूलभूत रुपमा हाम्रो प्रदेश अदक्ष (सीप नभएको) कामदार सप्लाई गर्ने प्रदेशका रुपमा दर्ज छ ।

हाम्रो प्रदेश देशभरीमा सबै भन्दा बढी कामदार विदेश पठाउने प्रदेशमा पर्छ ।हाम्रो प्रदेश २ देशैभरीमा शिक्षाको ज्योती फैलाउने शिक्षक उत्पादन गर्र्ने प्रदेशका रुपमा परिचित प्रदेश आज सबै भन्दा धेरै निरक्षर रहेको प्रदेशको रुपमा हामी तथ्यांकमा भेट्छौ । हाम्रो ठाउँ खाद्यान्न उत्पादन गरि देशभरीमा वितरण गर्ने उर्बर भूमीमा आज अष्ट्रेलिया र ल्याटिनअमेरिकाबाट आएको खाद्यान्न खान बाध्य छौं ।यसका लागि अब हामी प्रगतिशिल युवाहरु संगठित ढंगले सीपमूलक गुणस्तरीय शिक्षा र व्यवसायिक कृषि प्रणालीमा जानुको विकल्प छैन ।

प्रदेश २ मा समस्याहरु थुप्रै छन् । समस्याको समाधान कसरी गर्न सकिन्छ ?

प्रदेश २ मा बढ्दो भष्ट्राचारीको अन्त्य गर्नु पर्छ । सीपयुक्त जनशक्तिको उत्पादनका लागि एक खालको अभियान नै चलाउनु पर्छ । कृषिलाई आधुनिकरण तथा व्यवसायिकरण गर्नका लागि आवश्यक पूँजी, जमिन, प्रविधी, तालिम र बजारको सहज व्यवस्थापन प्रदेश सरकारले गरिदिनु पर्छ । कृषिमा आधारित उद्योगहरुको स्थापना, उद्योगिक क्षेत्र र उद्योगिक ग्राम निर्माणमा जोड दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस