भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरमा सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।
भक्तपुरमा सक्रिय रहेका प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर लगायतका संगठन बीच आपसी सहमती भएसँगै आगामी कार्यकालको लागि सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएको हो।
सहमति पश्चात पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा जगत प्रजापति, उपाध्यक्षमा सुन्दर शिल्पकार, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिवमा संजीव घिमिरे, सह–सचिव खुल्लामा हेमराज ढकाल, सह–सचिव समावेशीमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा विनोद कोजू लगायतका पदाधिकारीहरु चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा महिला तर्फ कञ्चन किसी, आदीवासी तर्फ किरण सुवाल सहित दिनेश कार्की, विकास थापा, राजकुमार लामिछाने, रजल छुंका, रामगोपाल तमखु, रुपक ढुंगाना, सञ्जीव प्रसाद दुलाल, सविना केसी र हरिशरण बास्तोला चयन भएका छन् ।
निर्वाचन समितिका बाल मुकुन्द सुवाल अनुसार प्रदेश परिषद् सदस्यहरुमा जितेन्द्रराज शिल्पकार, ध्रुवराम थापा, नारायण थापा, प्रविण लाखे, भेष वहादुर कार्की, मणिराम लामिछाने, मिना घोरासाईने, राममणि बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्याल, सुरेश कुमार सायजु र संगम लामा निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी केन्द्रिय परिषद सदस्यहरुमा निर्विरोध निर्वाचित हुनेमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्वुजा, पूर्णभक्त दुवाल र पेशल आचार्य रहेका छन् ।
नेपाल पत्रकार महासंघको चुनाव यहिँ चैत २५ गते केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि मतदान हुँदैछ ।