ऐतिहासिक भोटेमेला २०७७ को आयविवरण कहिले ?

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न ७ मा आयोजना गरिएको एतिहासिक भोटेमेला २०७७ फागुन २६ गते देखि चैत्र ३ गते सम्म सन्चालन भएको थियो ।

यस अघि २०७६ सालमा लागेको भोटेमेलाको मुख्य उद्देश्य कालाखोला मै रहेको शिव मन्दिर को स्तर उन्नति गर्ने भनियो तर पनि अझै सम्म उक्त मेलाको आयविवरण प्रस्तुत नभएको र यस पटक पनि तेहि क्रम दोहरीने होकि भनेर स्थानियहरु चिन्तित बनेका छन । मेला आयोजना गर्ने तर त्यस पछि आयोजकले कुनै पनि चासो नदेखायको पनि स्थानियहरु बताउछन ।

रानिघाट युवा क्लब ले मेला सक्केको १० दिनभित्र आयविवरण प्रस्तुत गर्ने भनेता पनि अहिले सम्म कुनै चासो नदेखाएको स्थानिय चिरञ्जीवी रेग्मी बताउनुहुन्छ। सार्बजनिक बाटोको लागि तुलसीपुर उपमहानगरपालिकाले डोजर छैन भन्ने तर ऐतिहासिक व्यापार मेला कै लागि लगातार ३ दिन सम्म डोजर लगाईनु एकदम दु:खको कुरा रहेको पनि स्थानिय युवक सिर्जन सुबेदीले नेपालयन खबरलाई जानकारी दिए ।

यस बर्ष को ऐतिहासिक भोटेमेलाको मुख्य आयोजक तुलसीपुर एक्सप्रेस र सह आयोजक रानिघाट युवा क्लब रहेका थिए भने मेला संरक्षक तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ७ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस