विकल्पका पनि महाविकल्प ओलि

काठमाडौं । जसरी म( काल्पनिक पात्र ) नसा नपिई निदाउनै नसक्ने भै सकेको छु ठिक त्यसरिनै यो देसको राजनिती (संसदिय ब्यबस्था ) फोहोरमा घुम्ने झिंगा झै नभन्किई रहनै / चल्नै नसक्ने अवस्थामा पुगेको आभास हुन्छ । लोभी पापी र अत्याचारिको चौतर्फी भुमरिमा परेको यो सिस्टम खै कसरिपो आफैं चलिरहेछ त्यो झन खोजनिय बनेको देखिन्छ ।

२००६/७ शाल तिर जन्मिएका हौं भन्ने काँङ्गेस र कम्युनिस्टहरु आज यतिका लामो समय पार गरिसक्दा पनि आफ्नो अस्तित्व रक्षाकै गोल चक्करमा रुमलिई रहनु पक्कै पनि नेपाल र म जस्ता युबा पुस्तालाइ सुखनिय हुँदै हैन । आज दुनियाका अन्य देसहरुले अस्त्र सस्त्र र सिंङ्गो जगतलाइ आफ्नो कुरुकक्षेत्र कसरी बनाउने भनेर होडबाजि गरिरहदा नेपाल भने ती देसहरु सँग भिक मागी आफ्नो दलको सत्ता टिकाई रहन उद्दत्त मात्रै देखिन्न साँझ बिहान के खाइ दिन बिताउने होला भनी छट्पटी हुनेको संख्याले लपेटिदै गएको प्रस्ट देख्न सकिन्छ ।

जब जब देसमा सिस्टमलाइ चलायमान गराउने डेमोक्रेसी ब्युरोकेसिको सिकार हुन्छ ती देसहरुले केहि न केही नँया सिप लिई आफ्नो पसिनामा होमिदै गर्दा नयाँ भ्राइब्रेसन पाँउदछन (स्थिर शासन पद्दतिको प्रापुर ब्युरुकेसी ) तर मेरो देसको युबाभने न सफल भएको पाउन सकिन्छ न राज्यको लेना देनामा सक्सेस नै !
आज संसारको प्रगती र हाम्म्रो दुर्गतिको प्रमुख कारण यहि फोहोरी संसदिय ब्यबस्थानै हो यस्मा अब दुई मत रहेन ।

हिजो सम्म यो देसमा स्थिरता सरकारले पाउन जनताको ठूलो अभिमत को याचना गर्नेहरु जनताबाट अनुमोदित भै सरकार र सत्ता दुबै प्राप्त गरि जनताको पुर्ण साथ रहदा रहदै क्षत बिक्षत हुन पगे यस्को प्रमुख कारण केपि ओलि मात्रै हुन्त ? मजस्ता आम नेपाली युबाले पक्कै पनि खोज्नै पर्दछ ।

जब देसको सत्ता बलियो हुन्छ करप्सन गर्दैन र आफ्नो देस र जनता प्रती उत्तरदायी हुन्छ तब त्यो मुलुक बन्न धेरै कुर्नै पर्दैन । हिजो सिंगापुर बनाउने लिक्वानु, मलेसिया बनाउने मोहम्बत महाथिर र भारतकै जग हाल्ने अहिंसाबादी गान्धी हेरे पुग्दछ कि नेतृत्वमा सकारात्मक सोच र बिकासको हुटहुटी मनमा दन्कने हो भने त्यस्तो नेताले सत्तामा जान होडबाजी र कुटाकुट हैन सभ्य भै सत्ता बाहिरै रहेर पनि आफ्नो मुलुकको उत्थानको बेसक प्रयास गर्नेछ तर यो देसमा ठिक उल्टो भै रहेको छ ।

जनताको अभिमतको अमत्याँई लागेर आज कम्युनिस्टहरु हिजोको कथित बिद्रोही भन्दा नराम्म्ररी चिरा चिरा भै महिनौ पानी नपाएको भदौको खेत फुटेझैं धाँदै धाँदा परि चिरिई सकेको छ । यत्ती हुदा हुँदै पनि केपि ओलि आफ्नै भनिनेहरु बाट बन्चराले सिरमै ठुङ्दा पनि यो देस र जनताको लागि यो विषम परिस्थितिमा उन्ले देखाएको साहसको म खुलेर प्रशंसा गर्दछु भलै केपि ओलिको टिम्मा यति ओम्नि र अन्य यस्तै प्रकृतिका ठुला ठुला भ्रस्टाचारका कान्डका नौतमिहरु घन्किई रहेकै छन तर के देख्न सकिन्छ भने ०४६ पछि सत्ताले टीका लगाएर बनाएको अख्तियार प्रसासन र अदालत्बाट ओलिका नजिक कलंकित नामहरु लाई यदि भ्रस्टाचारिनै हुन भन्ने न किटानी गरि कार्बाही अगाडि बढाउन सक्छन न क्लिन चिट दिलाउन नै ! तर हिजो हाम्म्रो देसको अस्थिर अवस्थालाइ ओलिले आज जसरी चिरी रहेछन वास्तब्मै त्यो साहस हिम्मत र अठोटलाइ म अदम्य भन्न रुचाँउदछु, र सलाम गर्दछु ।

जब जब देशमा संकट पर्दछ तब तब त्यो देसको सेना त्यो देसका जनता र त्यो देसको शासन पद्दतिको बारे हामिले घोत्लिएर सोच्न बिचार गर्न र निकासको बिकल्प तिर आफ्नो चेत पल्टाउन जरुरी हुन्छ । तर नेपालिहरु यी नै दस चिरा भै टुकृएका दुई तिन वटा दलहरुको छत्रछाँयामै किन रुमल्लिई रहन्छन यो आम प्रस्नको जवाफ एकै आउँछ भ्रस्टाचार गर्न पाइएको छ नि !
तर म भन्छु यो देसको मुल समस्या भनेको पद्दती बिनाको परिवर्तन ,ओठे देसप्रेम र निकास बिनाको गोलचक्कर जस्लाइ पुन: संसदिय पद्दतिकै भंगाल्मा देसलाइ डुबाइ यिनै दलहरु अझै जनतालाइ कमजोर बनाइ चुसी रहन चाहन्छन भन्न अब कुनै आइतबार कुर्नै पर्दैन ।

आज ओलिले देसका बारे थोरै बोल्दा, जनताको दैनिकिको बारे सवाल उठाउदा उन्का प्रतिस्पर्धिहरु ओलिलाइ कमजोर बनाउन हत्या हिंसा र अपराधरका धम्किहरु दिन्छन तर उन्को भन्दा राम्म्रो भिजन दिएर ओलिलाइ कम्जोर बनाउन तिर सोच्नै छाडेको देखिन्छ अनि यिनिहरुलाइ नै नेतामानी अगाडि पछाडी बिगुल फुक्नेहरुको झुन्डपनी कम्ता सानो कहाँ छ र !

सरकारको क्याबिनेटमा देसको शासन पद्दती ,गौरबका योजनाहरु, अन्तर्राष्ट्रिय छबिमा आफ्नो साख , सामरिक अवस्था र यी सबैको सन्तुलन आज कसरी गर्न सकिन्छ भनेर ओलिले मिटिङ गर्दै गर्दा उन्लाइ हत्याउन चाहनेहरु चैं जनतालाइ झुटो भ्रम छरी ओलि फटाहा हो ओलिले बिकास बिरोधि काम गर्छन भनी बालुवाटार गेट बाहिरै सम्म सडक्मै ओर्लिएर धुम मच्चाउदै गरेको पछिल्लो समय बितेको पनि महिनौ बितिसकेको छ । तर तिनिहरु ओलिले प्रतिनिधी सभा बिसर्जन गरि मद्यावधिको घोसणा गर्दा न त्यो चुनाबमा जान हिम्मत गरे न ओलिलाइ स्वतन्त्र भएर काम गर्न नै वातावरण दिन्छन , यहि बाट प्रस्ट हुदैनर यो देसको सत्तामा पुग्न हलो अड्काएर गोरु चुटी रहने ओलि हुन वा अन्यहरु भनेर ??

आज रंगशाला भित्र खेल सुरु भएको छ , धरहरा करिब करिब ठडिदै गएको छ , मावोबादिले बमले उडाएका देसका भौतिक पुर्बाधारहरु पुनः तङ्ग्रदै गएका छन , भुकम्पले थिल्थिलो बनाएका क्षेत्रहरु सारिरिक सवलतामा रुपान्तरित भै मगजी सबलताको लागि बामे सर्दै गरेको देखिन्छ ! फोहोरी राजनितिले चौपट पारेको निजि क्षेत्र पनि बिस्तारै बिस्तारै बहुरिदै गएको देख्न सकिन्छ । यतिमात्र नभै अघिल्लो अघिल्लो सरकार रहदा हामिले देखेकै भोगेकै हो कि लैंनचौरको राजदुतका दिनै का भोज सम्मेलन र कोचिङ क्लास लिनेहरु आज , ओलिको सत्तारोहण सँगै रोदन्मा परिणत भै आफ्नो साइजमा बस्न परेको छ !

लौन चौर छट्पटिएको छ , तड्पिएको छ यतिमात्र नभै ओलि गलाउन उस्ले प्रयोग गरेका अदृस्य सक्तिहरु आज निकम्मा साबित भएका छन , गुगल्ले चुच्चे नक्सा नेपाल्कै भुगोलको भनी सार्बजानिक गरिदिएको छ। यी यावत बिसयहरुले लौंनचौरको निन्द हराम मात्र हैन उकुसमुकुस भै खाल्डोमा पकाउन हालेको धुसुरे केरा झैं बाफ हपहपहपी आई छट्पटिमा आफ्नो कार्यावधी सकि फर्कने तयारी मा छ ।

माथिका सारा कुराहरुको नेता कोहो ? हिम्मत कस्को हो ? अनि ओलिले गरेको देसद्रोह केहो ? यी सबै बुझाइ ले म र मेरो राजनिती सक्कियो लागेरै आज साथ दिनुत कताहो कता उनै ओलिको बृद्द शरीर अस्वस्थ सरिरलाइ रेस्लरले रेस्लिङ्मा पछार्न रिङ भित्र रचिने अनेक तुनाबुना सहित्को प्रतिद्वन्दिताको चरम पासविक आइडियाहरुको खोजिमा खनाल नेपाल र पछिल्लो पुस्ताका केही नायक जस्ता देखिने खलनायकहरु भित्र भित्रै अझै सल्बलाइ रहेको देखिन्छ त्यसैका बिम्बको प्रतिनिधित्व हुन झाँक्री , भुसाल र भट्टराई !

जनताको कृसिबालिमा संझौता गरेको रासायनिक मल ल्याएर जनतालाइ बाढ्न नसक्ने भुसाल्ले क्रान्तिका पाठ पढाउन RR क्याम्पस तिर भेला पारेका युबा मुर्चल हरुले कैले बुझ्लान यो कुरा ? कैले बुझ्लान स्वयम् भुशाल जि ले ?

कोभिडले थिल्थिलो पारेको बेला पर्यटन मन्त्रालय सम्हालेका भट्टराइले बिस्वका विभिन्न देसमा अलपत्र परेका आफ्ना जनता ल्याउनको सट्टा अदृस्य रुपमा भाडामा गरेको बार्गिनिङ , होटेल क्वारेन्टाइन , आइसोलेसन मा गरेको चरम यता उता र काठमाडौ बाट श्रमजिबी बर्गले आफ्नो घर जान सार्बजानिक यातायात माग्दा उल्टो ठप्प पारी हिडाएरै मेची महाकाली धपाउन कोटेश्वर आकासे पुल मुनि प्रयोग गरिएका पुलिसको डन्डा बर्साई मैले भुलेको छैन , तर जो आज भट्टराई ठिक भन्दै छन तिनिहरुले बिर्सन मात्र हैन त्यसो गरिएकै थिएन भन्ने सम्मको झुट बोल्न बेर नलाउने अवस्था सिर्जना गरिएको छ , त्यसको प्राहर पनि आज ओलि माथिनै गर्न उनैलाइ निशाना बनाउन प्रयत्न गरिदै छ ।

मेलम्चिको पानी ल्याउन जिम्मेवारी पाएकी जंगली कमरेडकी प्यारी बुहारिले सत्ता स्वादन्मा निकै लामो समय बिताइन तर उन्को कार्यकाल मेकप र शृङ्गगार पटारमै समय बित्यो। महङ्गा गाडिको लावलस्कर साथमा लिएर साइरन बजाएर हुँइकिन मै बित्यो तर काठमाडौ बासिले मेलम्चित सिन्धुपाल्चोक मै छ यता कसरी आउँछ काठमाडौ मा धारोको टुटि मात्रै पाए , धारोमा पानीत जब उन्को आफ्नै अमत्याइले सत्ताको कुर्सी आफै ढल्यो आज मेलम्ची गडगडाएर काठमाडौ छिरेको छ जनताले पुनः ओलिकै कदको जयजयकार गरेका छन ।

यस्ता अनगिन्ती घटनाले आज भारतको कम्फरटेवल सरकार बनाउछु भन्ने जंगली कमरेड मात्र नभै बुहारी पानी मन्त्राणी र एमालेको रुग्ण मानसिकतामा अल्झिएका केही थान पसुहरुलाइ हिजो द्वन्दको पिडामा हुर्किएका थापा बादल र बिप्लब जत्ती पनि चेत भएको देखिन्न अब आफै भन्नोस कि के यो देस बनाउन मैले माथी लगाएको बेलिबिस्तारका पात्रहरु के योग्य छन त ? वा ओलि जे गरिरहेछन त्यो गलत छ ?

अन्त्यमा
फलाम तातेकै बेला घन बेस्सरी ठोक्ने हो फलामको सहि आकार दिनको लागि आज यो देसको शासन ब्यबस्था ,यस्का
समस्या र तिन्को समुल समाधानमा ओलिले आफ्नो बदकिस्मती प्रयोग गर्नै पर्दछ अन्यथा न रहे बाँस न बजे बाँसुरी!
यो देस बिस्वको सामरिक रणमैदान , दुई ढुङ्गा बिचको कुसुमे तरुल पत्ताले तरुल्मा परिणत भै नेपाली जनताले जति खनी खोश्री गरेपनी पत्ताले तरुलबाट जिबिको पार्जन् नहुने घोसणा गर्दै कुशुमे तरुन नै जोगाएर मिलाइ मिलाई आफ्ना प्यारा देसबासिलाइ कसैले खुवाउछ भने त्यो केवल ओलिले मात्रै खुवाउन सक्नेछन
तथास्तु ।
खतिवडा योगेन्द्र
तेरथुम फाक्चामारा
हाल:रेगिस्थान बाट

प्रतिक्रिया दिनुहोस