दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले राजपुर गाउँपालिकालाई हात्तिपाइले विरुद्धको औषधि बितरण गर्नु पर्नेमा अन्य औषधि बितरण गरेको पाइएको छ । डाईईथाइल कार्बा माजिन नामक औषधि पठाउनु पर्नेमा ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि पठाईएको छ ।
यो औषधि २-५ वर्ष सम्मकालाई १ चक्कि १०० एमजी, ६ देखि १४ वर्षका बालबालिकालाई २ चक्की २०० एमजी, १५ देखि माथिकालाई ३ चक्की ३०० एमजी खुवाउनु पर्छ। साथै जुकाको औषधि अल्बेण्डाजोल पनि खुवाउने गरिन्छ ।
हात्तिपाइले विरुद्धको औषधि भनेर दाङकाे राजपुर गाउँपालिकामा उक्त औसधि पुगि सकेको छ, हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि परेकोले सुरक्षा निकाय मार्फत सबै तिर सुचना गरिसकेका छौं र ती औषधि फर्काउन सबै स्थानीय पालिकाका स्वास्थ्य शाखालाई जानकारी गराई सकेका छौं जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले भन्नुभयाे । हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि पर्न गएको कार्यालय प्रमुख शाहीले स्वीकार गरेका छन् ।
ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि खासगरी पार्किन्सनका बिरामी ( बुढापाका मानिसमा देखा पर्ने मांसपेशी कसिएर भएका बिरामीलाई, मांसपेशी जाम भएर बोल्न नसक्ने खालका बिरामीलाई दिने गरेको लमही अस्पतालका एक डाक्टरले बताउनुभयाे ।।