काठमाडौं । मुलुक भित्रका हरेक सरचनाहरु परिवर्तित सन्दर्भममा उभिएका छन् ।मुलत:राजनीतिक परिवर्तनको कोर्श समाप्ति पछि अबको हाम्रा यात्रा हाम्रा प्रणाली तथा संरचनाहरु सम्रग पद्धति प्रक्रिया तथा गतिविधिहरु आर्थिक स्थायित्व तथा दिगो राष्ट्रिय पुजि निर्माणको आविभार्वमा केन्द्रित हुनु पर्ने देखिन्छ ।परिवर्तित सन्दर्भको राष्ट्रिय आवश्यकता देखिन्छ ।नेपाली युवाहरूको गौरवशाली प्रतिनिधि सङ्गठन युवा संघ आफ्ना आन्दोलनका कार्यदिशा तथा रणनीतिहरु परिमार्जित तथा उन्नयन गर्दै युवा आन्दोलन भित्र देखिएको अकर्मण्यतालाई तोडदै अघि बढनु आवश्यक देखिन्छ ।
यतिबेला हामी युवा संघको केन्द्रिय नेतृत्व टुङ्गो लगाएर देश व्यापी संगठन विस्तार तथा निर्माणको अभियानको सुभारम्भ गर्ने समुखमा आइपुगेको वेला युवा आन्दोलन नयाँ समीक्षाबाट तथा निस्कर्शबाट अघि बढनु पर्ने महत्तम अपरिहार्यता छ ।हिजो परिस्थिति के थियो समय आवश्यकता अनुरुप संगठन निर्माण र संचालन भए होला विगतका संगठन पद्धति संरचनाको चर्चामा खासै समय वेथिती गर्न आवस्यकता ठानिन ।मुलतः इतिहास तथा गतिविधि बाट युवा संघ राजनैतिक आन्दोलनको नेता अङ्ग पङ्त्ती चुनावी अभियानको मेरुदण्ड तथा नेताको संरक्षणमा समय विताएको देखिन्छ ।
अजम्बर राइ क्याङ्वाङ्को नेतृत्वमा निर्माण भएको युर्थ फोर्स विपक्षि राजनीतिक दल उग्रवामपन्थवाद तथा अराजकता सहितको दादागिरी विरुद्ध कार्यकर्ता संरक्षणको शक्तिको रुपमा स्थापित भयो र विस्तारै महेश बस्नेतको नेतृत्व सम्म आइपुग्दा युवा आन्दोलन बाहुबली वालाहरुको समुह गिरोहका रुपमा रुपान्तरण भएको छ ठेक्का पठ्ठा कमिसन कालोबजारी दादागिरी गुन्दागर्दी जस्ता बिकृतिका लाल पुञ्जहरु थुपार्दै राज्य सत्ताका पैरवी खबरदारी भन्दा पनि खातिरदारी गुलामी तथा भ्रमको स्याबर स्यालको झुन्डको रुपमा युवा आन्दोलन बिसर्जनको बाटो दोर्याउन खोजिदै छ।यस्ता कुत्सित उद्देशहरु तथा गतिविधिका बिरुद्ध सागठनिक विकृति तथा बिचलनका विरुद्ध आन्दोलनलाइ सङ्गठित गोलबद्व तथा शसक्त बनाउने उद्देश बोकेर युवा संघको वैचारिक नेता नरेश शाहीको नेतृत्व तथा क्रान्तिकारि युवा योद्धा प्रेम प्रधानहरु नेतृत्व दायी भुमिका सहित युवा संघको संरचना निर्माण भएको छ ।देश ब्यापि नवीन उभार तथा संगठनका संरचना तथा गतिविधि संचालनको पुर्व सध्यामा उक्त संघको केन्द्रिय सदस्यको हैसियतले केही योजनागत सुझाव समेटेको आलेख तयार पारेको छु।
प्रथमतः पुरानो संरचना सोच चिन्तन तथा सन्दर्भहरु बाट हामी धेरै माथी उठ्नु पर्नेछ।नेता तथा पार्टीको अङ्ग रक्षक जस्तो भुमिका निर्वाह गरिरहेका संगठनले मुलुकको सक्रिय जनसंख्या युवाका आम प्रतिनिधि बन्नु आजको आन्दोलनको पहिलो आवश्यकता हो।वैदेशिक रोजगार भित्रका समस्या युवाका समस्या हुन।आय आर्जन रोजगारी सृजनामा भएका उदासिनता युवाको समस्या हुन।यत्र तत्र सर्वत्र युवाको समस्या मार्फत हाम्रा युगिन एजेन्डा बन्नु पर्ने देखिन्छ ।
मुलुकमा भएका समसमायिक समस्या पक्षमा दृदतापुर्वक सारथि भएर उभिनु हाम्रो प्रमुख दायित्व हो।दोस्रो अबको हाम्रो संगठन पुर्ण रुपमा उत्पादन सेनाको रुपमा परिवर्तन हुनु पर्छ।हामी र हाम्रो संगठनको संरचना मार्फत उत्पादनका केही जोन तथा सुपर जोन निर्माण गरेर समाजबादी उत्पादनका नमुनाहरुमा अभ्यास गर्नुपर्छ।मैदान बाटै प्रयोग बाटै माटो सुहाउँदो मुलुक सुहाउँदो आर्थिक रणनीति निर्माणका लागि हाम्रा वौद्वक युवा जमात तथा श्रमलाई सम्मान गर्ने र गराउने वातावरण सहितको श्रम सेना यानकी उत्पादन सेना बाट ठुला ठुला उत्पादन सामुहिक गतिविधिहरुको नेतृत्व हामीले गर्नुपर्छ र कार्यान्वयन गेरेर देखाउनु पर्छ।
प्रत्येक कमिटी केन्द्रिय प्रदेश जिल्ला स्थानीय कमिटीहरु प्रत्यक्ष आफ्नो निर्धारित योजना र कार्यन्वयनको परिमाणका आधारमा नेता कार्यकर्तालाई मुल्यांकन गर्ने प्रणालीको सागठनिक संरचना को बिकास गर्नु पर्छ ।अनुसन्धान अन्वेषण देखि श्रम सम्मको दिगो फराकिलो र आर्थिक उत्पादनको नेतृत्व अबको युवा संघले गर्नु पर्छ।यो नै सार अर्थको समाजबादी युवा आन्दोलन हुनेछ अनर्थ हाम्रो यी पुरानो संरचना पद्धति कार्यनीति तथा रणनीतिले एउटा व्यक्तिको ठाउँ अर्को ब्यक्ति ब्यक्ति व्यवस्थापनमा समिति हुनेछ। र हाम्रो आन्दोलन अर्य भन्दा केही फरक हुने छैन ।आन्दोलनको अपेक्षा र परिणाम गतिहिन हुनेछ।मुलतः संगठनका दलाल तस्करहरुको कब्जामा पुग्ने छ।युवा आन्दोलन धार बिहिन गन्तव्य बिहिन लाल गुलामहरुको समुहमा परिणत हुनेछ।
अन्ततोगत्वा : समयै आन्दोलनलाई सारवान र समुचित सिरा बाट अघि बढाउनु पर्दछ।उत्पादन सेना तथा श्रम सिपाही कार्यक्रम मार्फत दिगो फराकिलो तथा समाजबादी अर्थतन्त्र निर्माणको ठोस कार्ययोजना निर्माण गरि आन्दोलनलाई नयाँ ढङ्ग बाट अघि बढाउनु आजको आम युवा वर्गको माग हो।