सीके राउतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनमत पार्टीका प्रमुख सिके राउतविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत नवलपरासीले राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरको हो ।

अदालतले एक सूचना जारी गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख छ ।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो । सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।

छुट्टै मधेसको माग गर्दै हिंसात्मक गतिविधि गरेर पृथकतावादी पहिचान बनाएका सिके राउतसँग सरकारले गत वर्ष चैत २४ गते ११ बुँदे सहमति गरेको थियो । उक्त सहमतिसँगै राउत मूलधारको राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस